काठमाण्डौ । नेपालका लागि हुुण्डाई मोटर्सका आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टीनेन्टल प्रा.लि.ले हालसालै बहुप्रतिक्षित इलाइट आइट्वान्टी २०१८ फेसलिफ्ट बजारमा ल्याएको छ । हुण्डाईको सबैभन्दा रुचाइएको यो मोडलले आफ्नो फिचरहरुमा गरेको मुख्य अपग्रेड उल्लेखनीय छ, जसले ग्राहकको हरेक अपेक्षालाई पूर्ण गर्ने दाबी गरिएको छ । यो फेसलिफ्ट मोडल स्पोर्ट्ज र आस्ता भ्यारियन्टमा उपलब्ध छ ।

नयाँ इलाइट आइट्वान्टी २०१८ फेसलिफ्ट उही फ्रन्ट ग्रील भएको क्यासकेड डिजाइनका साथ आउँछ, जुन कुनातर्फ पूरै तन्किएको हुन्छ र यसको फग् एवं हेडल्याम्पहरुका साथै डिआरएलएस पनि अपग्रेड गरिएको छ । यसको पछाडि पट्टि, लाइसेन्स प्लेट बम्परबाट टेलगेटमा सारिएको छ । बजारको हालको मागलाई मध्यनजर गरेर परिवर्तनहरुलाई झट्ट हेर्दा नदेखिने गरी बनाइएको छ, ताकि ब्राण्डको पहिलेदेखि रुचाइएको स्वरुप र प्रिमियम आवरणलाई उजार गर्न सकियोस् । 

सुरक्षाको मापदण्ड अनुरुपमा एबीएस र एअरब्याग यसको दुइटै भेरियन्टमा उपलब्ध छ भने आस्तामा स्टेरिङ अनुकुली पछाडि देखिने क्यामराको साथ पछाडिको लागि पार्किङ सेन्सर पनि छ । उत्कृष्ट र सफा डिस्प्लेका लागि अझ राम्रो टच् भएको यसको इन्फोटेन्मेन्ट सिस्टम ७ इञ्चमा अपग्रेड भएको छ । यसले कार प्ले, एनरोइड अटो र मिररलिंकको माध्यमबाट अर्कामिज साउण्ड र स्मार्टफोनसँग कनेक्ट भएर सिनेमाको अनुभूति प्रदान गर्छ, जुन हुण्डाईबाट अपेक्षित नै छ ।

सन् २००९ मा स्थापित भएदेखि, लक्ष्मी इन्टरकन्टीनेन्टलले आफ्ना ग्राहकहरुलाई उच्चस्तरीय र झञ्झटमुक्त सेवा प्रदान गर्दै आएको छ । आजको दिनसम्म आइपुग्दा लक्ष्मी हुण्डाईले आफ्नो १३ डिलर र सर्भिस सेन्टर सहितको डिलर सञ्जालको मद्दतले नेपालभरि नै आफ्नो बलियो पकड जमाएको छ ।