काठमाण्डौ । हुण्डाई मोटर्सले भारतमा स्मार्ट कनेक्टेड एसयूवी भेन्यू(Venue)को लञ्चिङपछि आफ्नो बहुप्रतिक्षित इलेक्ट्रिक कार जुलाई महिनामा लञ्च गर्ने तयारी थालेको छ । 

भारतमा लञ्च भएको १५ दिनभित्रै यस्ता कारहरु नेपाली बजारमा आइपुग्ने गर्छन । 

इलेक्ट्रिक कार कोना(Kona)को केही महत्वपूर्ण तस्विर तथा फिचर्स समेत लिक भइसकेको छ । 

नेपालमा यो कार निकै महंगो पर्नेछ । भारतमै यसको मूल्य २२ देखि २५ लाख पर्नेछ । 

हुण्डाईको इलेक्ट्रिक एसयूभी कोना भारत, नेपाल भन्दा अगाडि यूरोपीय देशहरुमा लञ्च गरिसकिएको छ । जहाँ यसको दुईवटा भर्जन पेश गरिएको छ । यसको टप भेरिएन्टमा  ६४ Kwh ब्याट्री प्याक दिइएको छ, जसको इलेक्ट्रिक मोटर २०४ PS पावर तथा ३९५ न्यूटन मिटरको पिक टर्क उत्पादन गर्दछ । 

यसको टप भर्जनलाई एकपटक चार्ज गरेपछि ५४६ किलोमिटर चलाउन सकिन्छ । जबकि कोनाको लोअर भेरिएन्टमा ३९.२ kWh ब्याट्रीको प्याक दिइएको छ । जसको इलेक्ट्रिक मोटर १३६ PS को पावर तथा ३९५ न्यूटनको पीक टर्क उत्पादन गर्न सक्छ । लो भर्जनवाला कोनालाई एकपटक चार्ज गरेपछि  ५४५ किलोमिटरको माइलेज दिन्छ । 

भारतीय बजारमा हुण्डाई प्यलब भ्ख् को सीमित लिमीटेड मात्र बिक्री हुन्छ । रिपोर्टका अनुसार पहिलो चरणमा भारतमा जम्मा ५० वटा कार मात्र बिक्री गरिनेछ । यसमध्ये केही कार नेपाली बजारमा समेत पठाइनेछ । 

तथापि, माग बढेपछि यसलाई ठूलै परिमाणमा बजारमा ल्याउने कम्पनीको योजना रहेको एजेन्सीहरुले जनाएका छन् । 

हुण्डाई इलेक्ट्रिक कारको असेम्बिलिङ चेन्नई प्लान्टमा हुनेछ । 

हुण्डाईका अनुसार यसको भेन्यू Venue कारका लागि भारतमा मात्रै करिब २० हजार युनिटको बुकिङ आइसकेको छ । नेपालमा समेत यो कारको उच्च माग छ । 

यो कारका लागि ३ देखि ५ महिनासम्म प्रतिक्षा गर्नुपर्ने हुन्छ । भारतसँगै भेन्यूलाई अन्य देशमा पनि निर्यात गरिने कम्पनीले जनाएको छ । नेपालमा यो कार आइपुग्न ३ देखि ४ महिनाको समय लाग्नसक्छ ।