काठमाण्डौ । हुन्डईले इलेक्ट्रिकल सर्ट–इनको गडबडीलाई समाधान गर्नका लागि ४ लाख ७१ हजार एसयूभी कार बजारबाट फिर्ता ल्याउने निर्णय गरेको छ।

यो गडबडीका कारण कारमा आगलागी हुन सक्ने कम्पनीको निष्कर्ष छ। यसअघि पनि कम्पनीले गत सेप्टेम्बरमा यही गडबडीका कारण अ‍ेमरिकी बजारबाट आफ्ना एसयूभी फिर्ता मगाएको थियो।

कम्पनीले कार मालिकहरुलाई जबसम्म यो गडबडी ठिक हुँदै तबसम्म आफ्नो एसयूभी खुला रुपमा बाहिर खडा गर्न आग्रह गरेको छ। कम्पनीले सन् २०१६ बाट २०१८ सम्म विनिर्मित कार बजारबाट फिर्ता मगाएको हो। यसका साथ सन् २०२० देखि २०२१ सम्म विर्निमत हुन्डई टुसों एसयूभी पनि बजारबाट कम्पनीले फिर्ता मगाएको छ। 

यी कारमा एन्टी लक ब्रेक प्रणाली जडान गरिएका छन्। जसमा इलेक्ट्रिकल सर्ट हुने सम्भावना समस्या देखिएको छ। यसले गर्दा कारमा आगलागी पनि हुन सम्भावना रहेको बताइएको छ।

यद्यपि यस्ता टुसों मोडल जसमा हुन्डईका स्मार्ट क्रुज कन्ट्रोल फिचर छ, ती कारहरु भने बजार फिर्ता मगाइएको छैन। – एजेन्सी