काठमाण्डौ । नेपालका लागि हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘हुन्डाई बेस्ट बाई’ योजना ल्याएको छ। 

यो योजना नेपालभर लागू हुने कम्पनीले जनाएको छ। यस योजनामार्फत ग्राहकहरुले हरेक हुन्डाई गाडी खरिद गर्दा आकर्षक नगद छुटका साथै विभिन्न सुविधा प्राप्त गर्ने अवसर पाउनेछन्।

यो योजनामार्फत ग्राहकले ५० हजार रुपैयाँसम्मको बेस्ट बाई बोनस, एक वर्षको निःशुल्क बृहत् बीमा तथा सडक कर, ३० हजार रुपैयाँसम्मको एक्सचेन्ज बोनस, ४ लाख रुपैयाँसम्मको आकर्षक नगद छुटका साथै स्पट एक्सचेन्ज र भ्यालुएसन पनि पाउन सक्नेछन्। हरेक हुन्डाई गाडीमा ६ वर्षको निःशुल्क सेवा र ३ वर्षको वारेन्टी रहेको छ।

लक्ष्मी इन्टरकन्टिनेन्टलले आफ्ना ग्राहकलाई विभिन्न उपहार र फाइदा प्रदान गर्न सधैँ नयाँ र नवीन योजना ल्याउँदै आएको छ। नयाँ बेस्ट बाई योजनाले ग्राहकलार्ई आकर्षित गर्ने विश्वास गरिएको छ। 

यो योजना आउँदो चैत १९ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ।