काठमाण्डौ । कोरियाली कार निर्माता कम्पनी हुन्डाईले मंगलबार भारतमा आफ्नो लोकप्रिय एसयूभी क्रेटाको नयाँ एडिसन लन्च गरेको छ।

हुन्डाई मोटर इन्डियाले मंगलबार नयाँ क्रेटा नाइट एडिसनको लन्च गरेसँगै ग्राहकका लागि रोमाञ्चक एसयूभी विकल्प उपलब्ध गराएको जनाएको छ। यसले ग्राहकको ‘बोल्ड’ र ‘स्पोर्टी’ डिजाइनको चाहना पूरा गर्ने कम्पनीको दाबी छ। 

नयाँ हुन्डाई क्रेटा पेट्रोल भर्सनमा सिक्स स्पिड म्यानुअल र अटोमेटिक (आईभीटी) ट्रान्समिसनका साथ लन्च गरिएको छ। यो कारको शोरुम मूल्य क्रमशः १३.५१ लाख र १७.२२ लाख भारतीय रुपैयाँ रहेको छ। म्यानुअल र अटोमेटिक ट्रान्समिसनसहितको डिजेल भेरियन्टको शोरुम मूल्य १४.४७ लाख र १८.१८ लाख भारतीय रुपैयाँ रहेको छ।

हुन्डाई मोटर इन्डियाका निर्देशक (सेल्स, मार्केटिङ र सर्भिस) तरुण गर्गले कम्पनीको भारतमा २५ वर्षको यात्रामा ग्राहकलाई सन्तुष्ट पार्ने प्रयास सधैँ रहेको बताए। उनले क्रेटा भारतमा सन् २०१५ मा लन्च गरिएको बताए। यो मोडलले भारतमा एसयूभी सेग्मेन्टलाई अगाडि बढाउन महत्वपूर्ण भूमिका खेलेको छ।

कम्पनीले यो एसयूभी (हुन्डाई क्रेटा नाइट एडिसन) मा तीन वर्षसम्म असीमित किलोमिटरको वारेन्टी प्रदान गरेको छ। यतिमात्र होइन तीन वर्षसम्म रोड साइट असिस्टेन्सको अफर पनि दिएको छ। 

क्रेटाको यो एडिसनमा भ्वाइस इनेबल्ड स्मार्ट एनेबल्ड सनरुफ पनि छ। यस एसयूभीमा उपलब्ध १.५ लिटर पेट्रोल डुअल भीटीभीटी, १.४ लिटर पेट्रोल टर्बो जीडीआई र १.५ लिटर डिजेल भीजीटी इन्जिन अप्सनमा उपलब्ध हुनेछ। –एजेन्सी