काठमाण्डौ । हुन्डाई इन्डियाले ग्रान्ड आई१० निओसको फेसलिफ्ट भर्जन भारतीय बजारमा लन्च गरेको छ।
कोरियन कम्पनीले कारमा सुरक्षामा विशेष ध्यान दिएको छ। कम्पनीले ग्रान्ड आई१० निओस ह्याचब्याक सेग्मेन्टमा ६ एयरब्याग पाउने पहिलो गाडी हुने दाबी गरेको छ।
कम्पनीले कारमा २० भन्दा बढी सेफ्टी फिचर उपलब्ध गराएको छ। यसको बेस भेरिएन्टमा ४ वटा एयर ब्याग हुनेछ। कारमा अब क्रुज कन्ट्रोल, एलईडी टेलल्याम्प, टायर प्रेसर मोनिटरिङ सिस्टम (हाइलाइन), ईएससी, हिल स्टार्ट असिस्ट कन्ट्रोल (एचएसी)लगायतका सुविधा छन्।
कम्पनीले यसको बेस भेरिएन्टको मूल्य भारु ५ लाख ६८ हजार ५०० तोकेको छ। भारतका सबै डिलरसिपमा प्रि–बुकिङका लागि उपलब्ध छ। ग्राहकले भारु ११ हजारको टोकन रकममा हुन्डाई डिलरसिपमा कार प्रि–बुक गर्न सक्छन्। –एजेन्सी
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago