काठमाण्डौ । हुन्डाई IONIQ 5 वर्ल्ड कार अफ द इयर अवार्ड २०२२ मा ६ वटा विभिन्न विधामध्ये तीनओटामा विजेता बनेको छ।

आफ्नो रिलिजपश्चात् नै फरक डिजाइन र पर्फमेन्सको लागि प्रशंसित यो इलेक्ट्रिक कारले वर्षको विश्व इलेक्ट्रिक भेहिकल, वर्ल्ड कार डिजाइन अफ द इयरका साथै यो वर्षको विश्व कार अफ द इयर अवार्ड पनि हात पार्न सफल भएको हो।

डिजाइन अफ द इयर क्याटगोरीमा IONIQ 5 को फरक शैली र नौलो डिजाइनले Audi e-Tron GT र Kia EV6 लाई पछि पारेको छ। आयताकार हेड र टेल ल्याम्पसहितको IONIQ 5 को रेट्रो डिजाइन जो कोहीलाई मोहित पार्ने खालको छ। 

त्यस्तै, IONIQ 5 ले विश्व कार अवार्डमा पहिलोपटक समावेश रहेको इलेक्ट्रिक भेहिकल अफ द इयर श्रेणीमा पनि Audi e-Tron GT र Mercedes EQS भन्दा अगाडि रहन सफल रह्यो। स्मार्ट मोबिलिटीलाई प्रोत्साहन गर्ने उद्देश्यले सुरु गरिएको यो क्याटगोरीमा हुन्डाईले शीर्ष स्थान पाउनुले उसको स्मार्ट मोबिलिटीप्रतिको प्रतिबद्धता देखाउँछ।

यसका साथै हुन्डाई IONIQ 5 ले KIA EV6 र Ford Mustang March E लाई पछि पार्दै विश्वकै सबैभन्दा ठूलो अवार्ड वर्ल्ड कार अफ द इयर २०२२ पनि हात पार्यो। इन्टरनल कम्बसन इन्जिन कार सहित अन्य सबै कारहरू मध्य छानिने यो जितले बिजुलीका गाडीहरुले पछिल्लो समयमा मारेको फड्को लाई प्रतिबिम्बित गर्छ। 

IONIQ 5 ले गत वर्षको सुरुवातमा रिलिज भएसँगै निकै प्रशंसा बटुलीरहेको थियो। विश्वका ३३ विभिन्न देशका १०२ पत्रकारको प्यानलको भोटले छानिने WCOTY अवार्डमा यसले ६ मध्ये तीनओटा विधामा विजेता रहनुले IONIQ 5 को विशिष्टता स्पष्ट पार्छ।   

यो वर्ष विजेता IONIQ 5 सँगै विश्व कार अफ द इयरको फाइनलमा सबै विद्ध्युतीय सवारी मनोनयनमा पर्नुले इन्टरनल कम्बसन इन्जिनहरूको तुलनामा विद्युतीय सवारीहरू पनि अब्बल रहेको छनक दिन्छ। दिगो गतिशीलताको बारेमा बढ्दै गएको कुराकानी र चेतना अभिवृद्धिमा यो ऐतिहासिक रेकर्डले सघाउने विश्वास लिन सकिन्छ।