एजेन्सी । तपाईले कहिल्यै एउटा मोवाइल सेट हेलिकोप्टर भन्दा महंगो होला भनेर सोच्नुभएको छ ? सायद छैन होला । तर विश्वमा यति धेरै महंगा मोवाइल पनि छन्, जसलाई खरीद गर्नु मोवाइल सौखिनहरुको बसमा हुन्न । विश्वकै सबैभन्दा महंगो मोवाइलको मूल्य अमेरिकामा हेलिकोप्टरको उत्पादन गर्ने कम्पनी ‘बेल’को कयौं हेलिकोप्टरको मूल्य भन्दा ज्यादा छ । 
 

द रिचेस्ट नामको वेबसाइटका अनुसार विश्वका सबैभन्दा महंगा पाँच मोवाइल र तिनका विशेषता यसप्रकार छ :
 

१) फालकोन सुपरनोवा पिंक डायमण्ड आइफोन ६
मूल्य : ४.५५ करोड अमेरिकी डलर(नेपाली करिब ४८० करोड रुपैयाँ)

यो नै अहिलेसम्म बनेको विश्वकै सबैभन्दा महंगो मोवाइल फोन हो । यसमा आइफोन ६ को सारा विशेषताहरु छन् । यो मोवाइलको यति धेरै मूल्य पर्नुको मुख्य कारण यसको पछाडिपट्टि लगाइएको पिंक डायमण्डले गर्दा हो । यसैकारण यसको मूल्य नेपाली ४८० करोड रुपैयाँ हो । यो मूल्य एउटा लडाकू हेलिकोप्टरको भन्दा ज्यादा हो । हेलिकोप्टर कम्पनी ‘बेल’ले उत्पादन गर्ने र अमेरिकन सैनिकहरुले प्रयोग गर्ने लडाकू बिमानको मूल्य ४.५ करोड अमेरिकी डलर पर्छ । 
 

२)आइफोन ५, ब्ल्याक डायमण्ड
मूल्य : १.५ करोड अमेरिकी डलर(करिब १६० करोड नेपाली रुपैयाँ)


यो खालको आइफोन अहिलेसम्म मात्र एउटा बनेको छ, जसको मूल्य करिब १६० करोड नेपाली रुपैयाँ रहेको छ । यसमा लगाइएको ब्ल्याक डायमण्डका कारण यसको मूल्य यति औधी भएको हो । यसमा होम बटनमा २६ क्यारेटको कालो डायमण्ड लगाइएको छ । मोवाइलको पछाडि एप्पलको लोगो जहाँ लागेको छ, त्यहाँ ५३ क्यारेटको डायमण्ड लगाइएको छ । मोवाइलको बडीमा चाहि ६०० ह्वाइट डायमण्ड लगाइएको छ । यसको बडी १३५ ग्राम २४ क्यारेटको सुनबाट बनेको छ । टच स्क्रीन पनि विशेष प्रकारको सिसाबाट बनाइएको छ । 

 

३)डायमण्ड रोज आइफोन ४३२ जीबी
मूल्य : ८० लाख डलर(करिब ८७ करोड नेपाली रुपैयाँ)


तपाई यदि ८७ करोडको खर्च गरेर कुनै उत्पादन किनिरहनुभएको छ भने त्यसमा तपाईले आश्चर्यलाग्दा विशेषता तथा समीश्रण खोज्नु स्वभाविक हुन्छ । तर यो मोवाइलमा आश्चर्य पार्ने त्यस्ता कुनै पनि चिजहरु छैनन् । यो मोवाइलको अगाडि पट्टि १०० क्यारेटका ५०० हिरा लगाइएको छ । मोवाइलको पछाडिपट्टिको एप्पलको लोगो भएको ठाउँमा ५३ हिरा लगाइएको छ । यसको नेभिगेसन बटनमा ७.४ क्यारेटको हिरा प्रयोग गरिएको छ । 

 

४)सुप्रिम गोल्ड स्टाइकर आइफोन थ्री जी
मूल्य : ३२ लाख डलर(करिब ३५ करोड रुपैयाँ)


३५ करोड तपाईको साथमा छ भने तपाईले यसबाट धेरै कुराहरु खरीद गर्न सक्नुहुन्छ । यो रकमले तपाईले साढे चारहजार आइफोन ६ प्लस नै खरीद गर्न सक्नुहुन्छ । यो मोवाइल २२ क्यारेट सुनबाट बनेको हो । यसको अलावा यो मोवाइलमा १३६ डायमण्ड समेत लगाइएको छ । यसको नेभिगेसन बटन ७.१ क्यारेटको डायमण्डबाटै बनेको छ । तर तपाईले चाहेर पनि यो मोवाइल खरीद गर्न सक्नुहुन्न, कारण यसको अन्तिम लिमिटेड मोडेल बिक्री भइसकेको छ । 

 

५)आइफोन थ्रीजी किङ्ग्स बटन
मूल्य : २५ लाख डलर(करिब ४० करोड नेपाली रुपैयाँ)


यो मोवाइल १८ क्यारेट, पहेँलो, सेतो तथा गुलाबी रंगको सुनबाट बनेको छ । यसमा १३८ साना साना डायमण्डहरु समेत लगाइएको छ । यो मोवाइलमा आइफोन ६ का सबै विशेषताहरु छन् । यो मोवाइलमा अरु सामान्य आइफोनमा हुने प्लाष्टिकको होम बटनको ठाउँमा ६.६ क्यारेटको डायमण्ड लगाइएको छ ।