काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंकले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ‘हेल्पलेस चिल्ड्रेन होम’, किर्तीपुर नगरपालिका वडा नं. ६ चोभार स्थित आश्रमलाई सहयोग गरेको छ । 

यस आश्रममा अनाथ, असाहय, अपाङ्ग तथा विपन्न वर्गका बालबालिकाहरु करिब ३८ जना छन्, जसको सुत्ने र बस्ने कोठामा कार्पेटको आवश्यकता भएकोले बैंकले कार्पेट र खाद्य पदार्थ दिई आश्रमलाई सहयोग गरेको हो । 

बैंकका प्रमुख बजार अधिकृत रञ्जन खड्काले हेल्पलेस चिल्ड्रेन होमका उपाध्यक्ष सुनिता साम्सोहाङ्गलाई हस्तान्तरण गरेका थिए ।