काठमाण्डौ । विश्वव्यापी महामारी कोरोनाभाइरसको सन्त्रासका कारण धरासायी बन्न पुगेका नेपालका होटल तथा पर्यटन व्यवसायीले कर्मचारीको आधा तलब व्यहोरिदिन सरकारसँग माग गरेका छन्।
होटल तथा पर्यटन व्यवसायी संघ नेपाल बागमती प्रदेशले विज्ञप्ति जारी गर्दै कोरोनाको प्रभावका कारण व्यापार–व्यवसाय घटेकोले सामाजिक सुरक्षा कोषबाट कर्मचारीहरुको आधा तलब बेहोरिदिन सरकारसँग माग गरेको हो। विज्ञप्तिमा बाँकी आधा तलब भने आफूहरूले नै व्यहोर्ने जनाइएको छ।
व्यवसाय चलाउन बैंकसँग लिएको ऋण तिर्न समस्या भएकाले ऋणको किस्तामा पनि सहुलियत गरिदिन संघले विज्ञप्तिमार्फत माग गरेको छ। घर बहालमा ५० प्रतिशत छुटसँगै होटल तथा पर्यटन व्यवसायमा सरकारका तर्फबाट लगाइएका सम्पत्ति कर, व्यवसाय कर, मूल्य अभिवृद्धि कर, विभिन्न प्रकारका अन्य राजस्वमा छुटको व्यवस्था गरिदिन विज्ञप्तिमा माग गरिएका छन्।
विज्ञप्तिमा पानी, बिजुलीलगायतका महसुलमा पनि ५० प्रतिशत छुट गरिदिन सरकारसँग अपिल गरिएको छ।
9 hours ago
9 hours ago
9 hours ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago