काठमाण्डौ । होटेल एलिस द वन्डर इन सञ्चालनमा आउने भएको छ।
इमर्जिङ नेपालको लगानीमा निर्र्माणकार्य भइरहेको होटेल एलिस आगामी महिनादेखि सञ्चालनमा आउने भएको हो।
कर्णाली प्रदेशको हुम्ला जिल्ला सिमिकोटस्थित निर्माण भएको होटेल एलिस ख्यातिप्राप्त धार्मिकस्थल मानसरोवर जाने प्रवेशद्वारमा पर्दछ।
हुम्ला आफैँमा पर्यटकीयस्थल रहेकाले पर्यटनका लागि रमणीयस्थलहरु रहेका छन्। पर्यटकीय दृष्टिकोणले निकै नै रमणीय रुमामा रहेकोले आन्तरिक तथा बाह्य पर्यटकको लागि अति नै लोभलाग्दो दृश्य रहेको छ।
होटेलले आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि विभिन्न ट्राभल एजेन्सीहरुमार्फत व्यक्तिगत, कर्पाेरट प्याकेजसहितको सेवा प्रदान गर्ने जनाएको छ।
मानसरोवर जाने तीर्थयात्रीहरुको लागि हुम्लाको सिमिकोट प्रवेशद्वार भएकाले धार्मिक पर्यटन प्रबर्द्धनमा होटेलले महत्वपूर्ण भूमिका खेल्ने कम्पनीको जनाएको छ।
होटेल पर्यटन र पारिवारिक जमघटका लागि अतिउपयुक्त र रमणीय वातावरणमा सञ्चालन भएकाले पर्वतीय पर्यटन विकासमा कोसेढुंगा हुने होटेलले विश्वास लिएको छ।
9 hours ago
9 hours ago
9 hours ago
9 hours ago
9 hours ago
9 hours ago
11 hours ago
12 hours ago
13 hours ago
13 hours ago