काठमाण्डौ । चेन होटेल म्यारियोट २५ वर्षपछि रुसबाट बाहिरिने भएको छ।
पश्चिमा देशहरुको प्रतिबन्धका कारण व्यवसाय गर्न असम्भव भएकाले रुसबाट बाहिरिन लागेको होटेलले जनाएको छ।
रुसले युक्रेनमा आक्रमण गरेपछि कम्पनीले गत मार्च महिनामा मस्कोस्थित कार्यालय बन्द गर्दै रुसी लगानी स्थगित गरेको थियो। यद्यपि तेस्रो पक्षको स्वामित्वमा रहेका कम्पनीका २२ वटा होटेल भने रुसमा खुला नै रहेका छन्।
रुसमा व्यवसाय स्थगित गर्ने प्रक्रिया जटिल रहेको म्यारियोटले जनाएको छ। ‘अमेरिका, बेलायत र युरोपेली संघले रुसमाथि हालै लगाएका प्रतिबन्धका कारण हामी रुसमा व्यवसाय सञ्चालन गर्न र होटेलहरुलाई फ्रेन्चाइज गर्न असम्भव रहेको निष्कर्षमा पुगेका छौँ’, म्यारियोटले भनेको छ।
रुसले युक्रेनमाथि आक्रमण गरेसँगै चर्चित ब्रान्डहरु म्याकडोनल्ड, स्टारबक्स र अन्य थुप्रै कम्पनी रुसबाट बाहिरिसकेका छन्। रुसलाई आर्थिक रुपमा एक्ल्याउन पश्चिमा देशहरुले प्रतिबन्धहरु जारी राखेका छन्। यससँगै पश्चिमा ब्रान्डहरुलाई पनि रुसबाट टाढिन दबाब बढेको छ। –एजेन्सी
9 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
11 hours ago
11 hours ago