काठमाण्डौ । नेपालका लागि होण्डा मोटरसाइकल तथा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले यही फागुन २२ गतेदेखि काडमाण्डौ उपत्यकाको विभिन्न ठाउँमा बाइक तथा स्कुटरहरुको एक्सचेन्ज क्याम्प आयोजना गरिरहेको छ।

यस एक्सचेन्ज क्याम्पको अविधिभर ग्राहकले कुनै पनि ब्राण्डको बाइक तथा स्कुटर एक्स्चेन्ज गरी होण्डाको बाइक वा स्कुटर चढ्न सक्नेछन्। 

ग्राहकले आफ्नो साधनको एक्सचेन्जमा विभिन्न सुविधाका साथै प्रचलित बजारमूल्यभन्दा रु. ७ हजार अतिरिक्त एक्सचेन्ज बोनससमेत प्राप्त गर्नेछन्। 

चैत १७ गतेसम्म चल्ने एक्स्चेन्ज क्याम्प कति गते कुन ठाउँमा आयोजना हुन्छ भन्ने जानकारीहरु विस्तृत रुपमा बुझ्नका लागि होन्डाको फेसबुक पेज वा टोल फ्री नम्बरमा कल गर्न सकिनेछ।