काठमाण्डौ । दुईपांग्रे सवारी उत्पादक कम्पनी होन्डा मोटरसाइकल एन्ड स्कुटर इन्डियाले विद्युतीय सवारीका बारेमा ठूलो घोषणा गरेको छ।
विद्युतीय दुई पांग्रे गाडीको मेगा प्लान सार्वजनिक गर्दै कम्पनीले सन् २०२४ सम्ममा दुईवटा विद्युतीय स्कुटर बजारमा ल्याउने जनाएको हो।
होन्डाले आफ्नो इलेक्ट्रिक स्कुटरहरु पूर्णतया नयाँ प्लेटफर्ममा निर्माण गर्नेछ र यो प्लेटफर्म विशेष रुपमा विद्युतीय सवारीका लागि मात्र विकसित गरिएको हो। कम्पनीले यसलाई ‘प्लेटफर्म–ई’ कोडनेम दिएको छ। यस प्लेटफर्ममा धेरै फरक मोडेल बनाइनेछन्। जुन विभिन्न ब्याट्री प्याक र आर्किटेक्चरहरुमा विकसित हुनेछन्।
वित्त आर्थिक वर्ष २०२४ मा कम्पनीले बजारमा आफ्नो पहिलो विद्युतीय दुई पांग्रे सवारीसाधन लन्च गर्नेछ। यो फिक्स ब्याट्री भएको ‘मिड रेन्ज’ इलेक्ट्रिक गाडी हुनेछ। यसको मूल्यबारे अहिले नै धेरै भन्न गाह्रो भए पनि अझ सस्तो र राम्रो ड्राइभिङ दायरासहित बजारमा उपलब्ध हुने विश्वास गरिएको छ।
कम्पनीले अहिलेसम्म आफ्नो इलेक्ट्रिक स्कुटरको नामबारे कुनै जानकारी दिएको छैन। तर, कम्पनीले पहिलो मोडल एक्टिभा इलेक्ट्रिकका रुपमा ल्याउने सम्भावना धेरै छ। होन्डाले भर्खरै एउटा पेटेन्ट पनि दायर गरेको छ। जुन यो आगामी ई–स्कुटरमा प्रयोग हुने केही कम्पोनेन्टहरुका लागि हुन सक्छ।
यसका साथै कम्पनीले दोस्रो मोडललाई बदल्न मिल्ने ब्याट्री प्याकका साथ प्रस्तुत गर्नेछ।
होन्डाले भारतको कर्नाटकस्थित नालासुपारामा विद्युतीय सवारीसाधनका लागि डेडिकेटेड त प्लान्ट निर्माण गरिरहेको छ। त्यसलाई फ्याक्ट्री–ई नाम दिइएको छ। त्यहाँ कम्पनीले आफ्ना आगामी विद्युतीय सवारीसाधन निर्माण गर्नेछ। यो प्लान्टको सन् २०३० सम्ममा १० लाख विद्युतीय सवारी उत्पादन गर्ने क्षमता हुने बताइएको छ। –एजेन्सी
15 hours ago
15 hours ago
16 hours ago
16 hours ago
16 hours ago
17 hours ago
18 hours ago
18 hours ago
18 hours ago
18 hours ago