काठमाण्डौ । अटोमोबाइल निर्माता कम्पनी होन्डाले आफ्नो बाइक होन्डा एक्सआरई ३०० को २०२१ भर्जन लन्च गरेको छ।

कम्पनीले हाल यो बाइक ब्राजिलमा लन्च गरेको हो। यो होन्डाको एड्भेन्चर बाइक हो। होन्डाको यो बाइकमा थुप्रै शानदार फिचरहरु दिइएको छ। 

यो एड्भेन्चर टु ह्विलर अग्रेसिभ लुकका साथ सार्वजनिक गरिएको छ। यसमा डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर रहेको छ। जुन फुल एईडी रहेको छ। यसमा २९१ सीसीको इर कुल्ड, र सिंगल सिलिन्डर इन्जिन रहेको छ। यो बाइक ५ स्पिड गियरबक्स समावेश छ।

यो बाइक मस्क्युलर फ्युल ट्यांकका साथ आएको छ। जसको क्षमता १३.८ लिटिर रहेको छ। बाइकमा स्टेप्ड अप सिंगल सिट पिलियन रहेको छ। यसका अलावा बाइकको लुक निकै शानदार छ। यो बाइक आई क्याचिङ ग्राफिक्सले भरिपूर्ण रहेको छ। 

बाइकमा एसीडी इन्स्ट्रुमेन्ट कन्सोल र एलईडी लाइटिङ सेटअप दिइएको छ। बाइकमा २१ इन्च फ्रन्ड र १८ इन्च रियर स्पोक्ड ह्विल्ज दिइएको छ।

ब्राजिलमा यो बाइकको मूल्य २० हजार ३९० बीआरएल अर्थात लगभग ४.६४ लाख नेपाली रुपैयाँ पर्छ। – एजेन्सी