काठमाण्डौ । होन्डा कार इन्डियाले होन्डा सिभिक कर बीएस सिक्स डिजेल मोडलमा लन्च गरेको छ।

यो कारको दुईवटा भेरियन्ट भीएक्स र जेडएक्स बजारमा ल्याइएको छ। यी दुवै भेरियन्टको मूल्य क्रमशः भारु २०.७५ र २२.३५ लाख रुपैयाँ तोकिएको छ।

होन्डा सिभिकको बीएस सिक्स पेट्रोल मोडलको कार भने गत वर्षको मार्चदेखि बजारमा ल्याइएको थियो। 

यो डिजेल मोडलको कारमा १.६ लिटर टर्बो डिजेल इन्जिन रहेको छ। यसले ४ हजार आरपीएममा ११८ बीएसपीको पावर र २ हजार आरपीएममा ३०० एनएम टार्क जेनरेट गर्न सक्छ। 

यो कारमा ६ स्डि म्यानुअल गियरबक्स रहेको छ। यसमा अटोमेटिक गियरबक्सको अप्सन छैन। 

यो कारको माइलेज २३.९ किलोमिटर प्रतिलिटर रहेको कम्पनीको दाबी छ। बीएस फोर मोडलको तुलनामा बीएस सिक्स डिजेल इन्जिनको माइलेज कम रहेको छ। बीएस फोर डिजेल इन्जिन कारले २६.८ किलोमिटर प्रतिलिटर दिन्थ्यो। 

अपग्रेडेड इन्जिनका साथै कम्पनीले होन्डा सिभिक डिजेल मोडलको भीएक्स भेरियन्टमा पनि कर्टन एयरब्याग दिएको छ। यसको मतलब अब सिभिकको डिजेल मोडलमा ६ एयरब्याग स्ट्यान्डर्डमा पाइनेछ। 

बीएस ६ डिजेल इन्जिनबाहेक होन्डा सिभिकमा कुनै कस्मेटिक परिवर्तन गरिएको छैन। होन्डाको यो शानदार सिड्यान शार्प लुक र फ्युचरिस्टिक इन्टिरियरका साथ आउँछ। यसमा क्रोम फ्रन्ट ग्रिल, सिग्नेचर एलईडी हेडल्याम्प, एलईडी डेटाइम रनिङ लाइट्स र युनिक स्टाइल भएको सी शेप एलईडी टेललाइट्स दिइएको छ। 

यो कारमा एप्पल कारप्ले र एन्ड्रोइड अटो सपोर्टका साथ ७ इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, ७ इन्च डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल, इलेक्ट्रिय सनरुफ, पुस स्टार्ट सिस्टमका साथै स्मार्ट एन्ट्री, ड्युल जोन क्लाइमेट कन्ट्रोल, ८ किसिमका पावर अजस्टेबल ड्राइभर सिट, इलेक्ट्रिक पार्किङ ब्रेक र मल्टिएंगल रियर भ्यु क्यामेराजस्ता फिचर रहेका छन्। 

सुरक्षाका हिसाबले यो कारमा एयरब्यगका साथै भेइकल स्ट्याबिलिटी कन्ट्रोल, हिल लन्च असिस्ट, होन्डा लेन वाच, एबीएस, ईबीडी र ब्रेक असिस्टजस्ता फिचर दिइएको छ। – एजेन्सी