काठमाण्डौ । विगत केही सातादेखि बिमाको शेयर खरीदमा लगानीकर्ताहरु अपहत्ते गरेर लागेका छन् । ठूला र अर्थपूर्ण कारणबिना नै बिमामा बढेको लगानीकर्ताको घूइँचोले जुनसुकै बेला उच्च जोखिम आउनसक्ने र लगानीकर्ता डूब्नसक्ने अवस्था रहेको छ । शेयर बजार आफैंमा सधैं जोखिमपूर्ण नै हुन्छ । सधैं हाई रिस्कमा लगानी गर्नुपर्ने बजारमा बिमामा अर्थपूर्ण कारणबिना नै बढेको आकर्षणले कतै ठूलै दुर्घटना त निम्त्याउने होइन भन्ने आशंका पनि गर्न थालिएको छ । 

बजारमा पछिल्लो समय अचम्मको परिदृश्य र लगानीकर्ताको प्रतिक्रिया रेकर्ड भएको देखिन्छ । वाणिज्य बैंकहरुको तुलनामा बिमा कम्पनीहरुको मूल्य आम्दानी अनुपात उच्च छ, तर त्यसैमा लगानीकर्ता झुम्मिएका छन् । यसकारण समेत जोखिम बढ्नसक्ने संभावना अधिक रहेको विश्लेषकहरु बताउँछन । 

कम्पनीको तत्कालको बजार मूल्यलाई पछिल्लो प्रति शेयर आम्दानीले भाग गर्दा आउने अनुपातलाई मूल्य आम्दानी अर्थात पीई अनुपात भनिन्छ । यो अनुपात जति कम भयो, त्यति नै कम्पनीको शेयर लगानीका लागि आकर्षक बन्दै जान्छ । मूल्य आम्दानी अनुपात बढ्दै गएमा शेयरको मूल्य कुनै पनि बेला झर्नसक्ने जोखिम बढ्छ । पीई रेसियो पनि लगानीकर्ताका लागि एउटा दरिलो इण्डिकेटर हो । तर अहिले बिमाको शेयर किन्न अपहत्ते गरेर लागेकाहरुले यो इण्डिकेटरतर्फ ध्यान नै नदिएका देखिन्छ । अचम्म के छ भने वाणिज्य बैंकहरुको पीई रेसियोको तुलनामा बिमा समूहको पीई रेसियो उच्च हुँदा समेत लगानीकर्ताहरु आँखा चिम्लिएर बिमातर्फm ओइरिएका छन् । ‘वाणिज्य बैंक भन्दा बिमाको शेयरमा लगानी गर्नु जोखिमपूर्ण छ ।’ एक विज्ञले भने–‘पीई रेसियो उच्च हुँदा समेत बिमामै लगानी गर्न चाहनु भविष्यमा राम्रो होला भन्ने आशाले मात्र हो, यदि भएन भने सबैको लगानी डूब्छ ।’ 

शेयर बजार विश्लेषक रविन्द्र भट्टराईका अनुसार शेयर बजारको लगानी जहिले पनि जोखिमपूर्ण नै हुन्छ । भविष्यमा पूँजी बढाउने भन्ने आशाले बिमातर्फ लगानीकर्ताको भीड देखिए पनि आकर्षणलाई पुष्टि गर्ने ठूला कारण केही नभएको उनको तर्क छ । ‘खोई किन हो लगानीकर्ताको औधी भीड देखिएको छ बिमातर्फ !’ उनले भने–‘केही बिमा कम्पनी राम्रा होलान्, तिनीहरुको शेयर मूल्य पनि उच्च होला । तर लगानीकर्ताहरु घाटामा गएका र बित्तीय रुपमा जोखिमपूर्ण बिमा कम्पनीहरुमा समेत आँखा चिम्लिएर लगानी गरिरहेका छन्, यसले जोखिम बढाएको छ ।’ विश्लेषकहरुले बिमामा अन्धाधुन्ध लगानी नगर्न र यसले जुनसुकै बेला लगानी डूब्नसक्ने भन्दै लगानीकर्ताहरुलाई  सचेत रहन आग्रह गरेका छन् ।

बिमा समूहमा लगानी गर्न खोज्दै हुनुहुन्छ भने चालु आर्थिक वर्षको ९ महिनाको अवधिको(तेश्रो त्रैमास)को बित्तीय विवरण सार्वजनिक गरेका केही बिमा कम्पनीहरुको पीई रेसियो अध्ययन गर्नुहोस् । कम्पनीहरुको पछिल्लो पीई रेसियो यसप्रकार छ :