काठमाण्डौ । साउथ कोरियाको दिग्गज कार निर्माता कम्पनी ह्युन्डईले पछिल्लो केही वर्षमा एसयूभी सेगमेन्टमा निकै लगानी गरेको छ। 

कम्पनीले एसयूभी सेगमेन्टमा लगातार आफ्नो दबदबा कायम राख्ने कोसिस गरिरहेको छ। अब कम्पनी एउटा सानो एसयूभी लन्च गर्ने तयारी गरिरहेको छ। यो कारको नाम अहिले सार्वजनिक भइसकेको छैन। तर यसलाई ह्युन्डई एएक्स–वान सांकेतिक नाम दिइएको छ। 

केही समयअघि कम्पनीले यो कारको टिजर सार्वजनिक गरेको थियो। जसमा कारको हेडल्याम्पव र टेलल्याम्प देखाइएको थियो। अब यो कारको नयाँ स्पाई इमेज सार्वजनिक भएको छ। जसमा कार लगभग उत्पादनका लागि तयार भएको देखिन्छ। यो मिनी एयसूभी ब्रान्ड सिग्नेचर एसयूभी डिजाइनका साथ आउने बताइएको छ। 

कारको फ्रन्टमा प्रोजेक्टर हेडल्याम्प दिइएको छ। कारको बम्परको तल्लो भागमा एलईडी डीआरएलएस इन्टिग्रेट गरिएको छ। एलईडी टेल ल्याम्पमा ट्राइएंगुलर प्याट्रनको प्रयोग गरिएको छ। टर्न अराउन्ड इन्डिकेटरलाई सिंगल राउन्ड ल्याम्पजस्तै डिजाइन दिइएको छ। 

यो ह्युन्डई कारको टक्कर टाटा एचबीएक्ससँग हुने अनुमादन गरिउको छ। टाटा एचबीएक्सलाई गत फेब्रुअरीको सुरुआतमा भएको अटो एक्सपोमा सार्वजनिक गरिएको थियो। – एजेन्सी