काठमाण्डौ । ह्युन्डई क्रेटालाई प्राप्त ठूलो सफलतापछि अब ह्युन्डई कम्पनी भारतमा आफ्नो एसयूभी रेन्ज बढाउने तयारी गरिरहेको छ। यसका लागि कम्पनीले भारतमा दुईवटा एसयूभी र एउटा ह्याचब्याक कार ल्याउने तयारी गरिरहेको छ।

समाचार स्रोतका अनुसार कम्पनीले आफ्नो क्रोटाको ७ सिटे भर्जनसँगै ८ सिटे ह्युन्डई प्यालिसेड एसयूभी ल्याउने पनि तयारी गरिरहेको छ। ७ सिटे क्रेटा भारतमा सन् २०२१ मा लन्च हुन सक्ने बताइएको छ। जसको नाम ह्युन्डई अलकाजार हुन सक्छ। यसको तस्बिर पनि लिक भइसकेको छ। जसमा यसको डिजाइन निकै हदसम्म सार्वजनिक भएको छ।

यस्तो हुनेछ ७ सिटे क्रेटा

वर्तमान क्रेटा मोडलको तुलनामा ७ सिटे क्रेटाको साइज ठूलो छ। यो ३० एमएम बढी लामो हुनेछ। यसमा २०एमएम भन्दा ठूलो विलबेस पाइनेछ। एक्सटेरियर डिजाइनमा पनि केही परिवर्तन गरिएको छ। यसमा नयाँ क्रोम ग्रिल, सानो स्किड प्लेट, ठूलो लोअर एयर इनटेक, फ्लयाटर रुफ र नयाँ रियर डिजाइन पाइनेछ।

यो एसयूभी दुई सिटिङ अप्सन ६ सिटे र ७ सिटेमा आउनेछ। ६ सिटे मोडलको ‘सेकेन्ड र’ मा क्याप्टन सिट्स दिइने सम्भावना छ। त्यहीँ ७ सिटे मोडलमा सेकेन्ड रमा बेन्चजस्तो सिट पाइनेछ। यद्यपि इन्जिनमा भने कुनै किसिमको परिवर्तनका आशा गरिएको छैन।

यस्तो हुनेछ ८ सिटे ह्युन्डई प्यालिसेड

यो कारको साइज निकै ठूलो हुनेछ। यसको लम्बाइ ४९८० एमएम, चौडाइ १९७५ एमएम र उचाइ १७५०एमएम हुनेछ। ग्लोबल मार्केटमा यो कार ३.८ लिटर भी सिक्स डाइरेक्ट इन्जेक्सन पेट्रोल इन्जिनका साथ आउँछ। जसले २९१ बीएचपीको पावर जेनरेट गर्छ। भारतमा यो २.२ लिटर टर्बोचाज्र्ड डिजल इन्जिका साथ आउनेछ। जसले २००बीएचपीको पावर र ४४१एनएमको टार्क जेनरेट गर्छ। 

नयाँ आई ट्वान्टी ह्याचब्याक

कम्पनीले यी दुई एसयूभीबाहेक थर्ड जेनरेसन आई ट्वान्टी प्रिमियम ह्याचब्याक कार पनि ल्याउने तयारी गरिरहेको छ। जुन यो वर्षको अक्टोबरसम्म लन्च हुन सक्छ। 

नयाँ आई ट्वान्टीमा केही ठूला परिवर्तन देख्न पाइनेछ। यसमा ठूलो ग्रिल, लिड डीआरएलका साथै नयाँ हेडल्याम्प, लिड टेलल्यान्प्स, १०.२५ इन्चको टचस्क्रिन इन्फोटेनेमेन्ट सिस्टम, ब्लुलिंक कनेक्टेड कार टेक्नोलोजी र बोस प्रिमियम अडियो स्टिम दिइएको छ। 

यसमा तीन इन्जिन अप्सन पाइनेछ। १.२ लिटर पेट्रोल, १.० लिटर टर्बो पेट्रोल र १.५ लिटर टर्बो डिजेल इन्जिन। यी इन्जिनले क्रमशः ८२बीएपी पावर र ११३एनएम टार्क, ११८बीएचपी र १७२ एनएम टार्क तथा ८२बीएचपी पावर र ११३एनएम टार्क खाले हुनेछन्।– एजेन्सी