काठमाण्डौ । चर्चित मेसेजिङ एप ‘ह्वाट्सएप’ ले ‘डिसएपिएरिङ मेसेजेज’ फिचर आधिकारिक रुपमा घोषणा गरेको छ। यो फिचर यही महिना एउटा अपडेटका माध्यमबाट विश्वभर जारी गरिने बताइएको छ।

यो फिचरका माध्यमबाट प्रयोगकर्ताहरुलाई सुविधा दिइएको छ कि उनीहरुले पठाएको मेसेज ७ दिनपछि आफैँ गायब हुनेछ। यस किसिमको फिचर स्न्यापच्याट, टेलिग्राम र सिग्नलजस्ता लोकप्रिय एपमा पहिलोदेखि नै दिइएको छ। 

कम्पनीले हिजो बिहीबार यो फिचर यही महिनाको अन्त्यदेखि प्रयोगकर्ताहरुमाझ आउने जानकारी गराएको छ। यो फिचर ह्वाट्सएपको एन्ड्रोइड, आईओएस, लिनक्समा आधारित केएआईओएस, वाट्सएप वेब र डेस्कटप भर्जनमा उपलब्ध हुनेछ। 

कम्पनीले यसरी सात दिनभित्र मेसेज आफैँ गायब हुने फिचर उपलब्ध गराउनेको मुख्य उद्देश्य प्रयोगकर्ताहरुको आपसमा कुराकानी पनि पूरा हुने र उनीहरुलाई यो पनि सन्तुष्टि मिल्नेछ छ कि मेसेज आफैँ गायब हुनेछ।

यो फिचरका लागि हरेक च्याट विन्डो छुट्टै इनेबल गर्नुपर्ने हुन्छ, चाहे त्यो इन्डिभिजुअल होस् वा ग्रुप च्याट। यसका लागि प्रयोगकर्ताहरुले च्याटमा क्लिक गर्नुपर्नेछ। त्यही अप्सन दिइएको हुनेछ। इनेबल गरेपछि प्रयोगकर्ताहरुले पठाएका मेसेज सात दिनपछि आफैँ गायब हुनेछ। – एजेन्सी