काठमाण्डौ । ह्वाट्सएप प्रयोगकर्तालाई झट्का लागेको छ। 

कम्पनीले चाँडै नै धेरै डिभाइसबाट आफ्नो सपोर्ट हटाउन गइरहेको छ। जसका कारण धेरै स्मार्टफोनमा ह्वाट्सएपले अब काम गर्ने छैन। यस्तो अवस्थामा यसलाई प्राइमरी मेसेजिङका रुपमा प्रयोग गर्नेहरुले अब आफ्नो फोन परिवर्तन गर्न आवश्यक हुनेछ।

ह्वाट्सएपले समय–समयमा पुराना डिभाइसहरुमा यसलाई बन्द गरिरहन्छ। अब फेरि एकपटक पुराना डिभाइसहरुमा ह्वाट्सएपको सपोर्ट बन्द हुँदैछ। अर्थात् पुरानो डिभाइसमा ह्वाट्सएप प्रयोग गर्न सकिँदैन।

धेरै पुराना आईफोनमा ह्वाट्सएपले काम गर्ने छैन। यसले आउँदो अक्टोबर २४ देखि आईओएस १० र आईओएस ११ भर्जनमा काम गर्ने आईफोनहरुमा काम गर्ने छैन। अर्थात्, आईओएस १२ वा माथिका संस्करणलाई सपोर्ट नगर्ने आइफोनहरुमा ह्वाट्सएपले काम गर्ने छैन। 

आइफोन ५ र आइफोन ५सीको लेटेस्ट सफ्टवेयर भर्जनमा अपडेट गर्न सकिँदैन। यो कारणले गर्दा यी उपकरणमा ह्वाट्सएपले काम गर्दैन। ह्वाट्सएपका नयाँ फिचर्सको निगरानी गर्ने साइट डब्ल्यूएबेटाइन्फोले यसबारे जानकारी दिएको हो।

यस्तो अवस्थामा यदि तपाइँको आइफोन पुरानो अपरेटिङ सिस्टममा काम गर्दछ भने तपाइँले यसलाई लेटेस्ट अपरेटिङ सिस्टममा अपडेट गर्न आवश्यक छ। यसका लागि मोबाइलको सेटिङमा गएर जनरल अप्सनमा जानुपर्छ । त्यसपछि तपाइँले सफ्टवेयर अपडेटमा क्लिक गरेर लेटेस्ट आईओएस भर्जनलाई इन्स्टल गर्नुपर्ने हुन्छ। 

नयाँ अपडेटबाट सेक्योरिटी बग्सलाई फक्स गरिन्छ। यी अपडेटहरु नयाँ फिचरका साथ पनि आउँछन्। एप्पलले यो वर्ष आईओएस १६ रिलिज गर्न लागेको छ। अहिले आईफोन प्रयोगकर्ताका लागि आईओएस १५.६ अपडेट जारी गरिएको छ। एक रिपोर्टअनुसार लगभग ७२ प्रतिशत आइफोन लेटेस्ट आईओएसमा काम गरिरहेका छन्। –एजेन्सी