काठमाण्डौ । अंग्रेजी नयाँ वर्ष २०२३ सुरु भइसकेको छ। मानिसहरुले एक–अर्कालाई बधाइ दिएर नयाँ वर्षको सुरुआत गरिसकेका छन्। 

कल वा एसएमएसमात्रै होइन मानिसले ह्वाट्सएपमार्फत पनि नयाँ वर्षको शुभकामना दिन्छन्। जसका कारण धेरै मोबाइलमा स्टोरेजको समस्या हुने गरेको छ। अर्थात्, लो–एन्ड फोनहरुमा ह्वाट्सएपमा पठाइने फोटो र भिडियोका कारण मेमोरी फुल हुन्छ। जसका कारण फोन पनि स्लो हुन्छ। 

कहिलेकाहीँ मिडिया डाउनलोड की अन भएका कारणले फोनमा मिडिया फाइलहरु अटोमेटिक रुपमा सेभ हुन्छन्। जसका कारण मेमोरीको क्यापिसिटी घट्दै जान्छ। तर, प्रयोगकर्ताले ह्वाट्सएप एउटा टुलमार्फत यसलाई व्यवस्था गर्न सक्नेछन्। 

ह्वाट्सएपको यो टुलको मद्दतले प्रयोगकर्ताले फाइलको साइजअनुसार व्यवस्थापन गर्न सक्नेछन्। यसको विधि एकदम सजिलो छ। 

पहिले व्हाट्सएप खोल्नुपर्छ। त्यसपछि एपको सेटिङमा जानुपर्छ। त्यहाँ स्टोरेज र डाटाको अप्सन हुनेछ। त्यसमा ट्याप गरेर म्यानेज स्टोरेज अप्सन खोल्नुपर्छ। त्यहाँ धेरैपटक फर्वार्ड गरिएका मेसेज देख्न सकिन्छ। 

त्यसको तल ५एमबीभन्दा ठूला आकारका फाइलहरु देखा पर्नेछ। त्यसलाई क्लिक गरेर सेलेक्ट गर्न वा मेटाउन सकिन्छ। मेसेजहरु एक वा एकैपटक मेटाउन सकिन्छ। मेटाउन खोजिएको फाइल सेलेक्ट गर्नुपर्छ र डिलिट आइकनमा ट्याप गर्नुपर्छ। 

ह्वाट्सएपको टप राइटमा यो आइकन देख्न सकिनछ। सर्च फिचर प्रयोग गरेर एक विशेष च्याटबाट आइटमहरु मेटाउन पनि सकिन्छ। यसका लागि फोटो, भिडियो र डक्युमेन्ट सेक्सनमा जानुपर्ने हुन्छ। त्यसपछि ती आइकनहरु सेलेक्ट पर्छ र डिलिटमा क्लिक गर्नुपर्छ। –एजेन्सी