काठमाण्डौ । ॐ हस्पिटल एन्ड रिसर्च सेन्टरमा माछापुच्छ्रे बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीलाई अस्पतालका सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ।
ॐ हस्पिटलमा आयोजित संक्षिप्त समारोहमा अस्पताल सञ्चालक समितिका अध्यक्ष डा. आनन्दप्रसाद श्रेष्ठको उपस्थितिमा ॐ हस्पिटलका प्रमुख कार्यकारी अधिकृत यमबहादुर महत र माछापुच्छ्रे बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत विश्वम्भर न्यौपानेले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।
समारोहमा ॐ हस्पिटलका तर्फबाट सेयरधनी हरिप्रसाद पाठक, मेडिकल डाइरेक्टर डा. हरिश जोशी, मानव संसाधन विभाग प्रमुख लवराज अवस्थी तथा विजनस डेभलोपमेन्ट म्यानेजर विनोद अधिकारीको उपस्थिति थियो। माछापुच्छ्रे बैंकका तर्फवाट चिफ बिजनेस अफिसर विनितचन्द्र झा, चिफ डिजिटल बैंकिङ अफिसर माधव सुवेदी, बाग्मती प्रोभिन्स म्यानेजर नरेश प्रधान र चाबहिल शाखा प्रवन्धक निरज सिग्देलको उपस्थिति थियो।
सम्झौताअनुसार बैंकका सम्पूर्ण ग्राहक, कार्ड प्रयोगकर्ता, कर्मचारी तथा योनो नेपाल एसबीआई मोबाइल एप प्रयोगकर्ताले ॐ हस्पिटलमा उपचार सेवा लिँदा अन्तरंग सेवा रेडियोलोजी, प्याथोलोजी, फार्मेसी र फिजियोथेरापीलगायतका सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन्।
तीन दशक अघिदेखि निरन्तर स्तरिय स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको ॐ हस्पिटलले एकै छानामुनी आकस्मिक उपचारदेखि सघन उपचार तथा पेन मेडिसिनलगायत अन्य ३७ वटा भन्दा बढी विषयहरुमा विशेषज्ञता सेवा उपलब्ध गराउँदै आइरहेको छ।
निःसन्तान दम्पतीलाई दाम्पत्य सुख प्रदान गर्ने आईभीएफ सेवाको सुरुआत गर्ने यो अस्पालले मातृशिशु सेवा, स्त्री तथा प्रसूति रोग, ल्यापारोस्कोपिक सर्जरी, जनरल मेडिसिन, दन्त रोग, नेत्र रोग, मानसिक रोग, फोक्सो तथा छाती रोग, मूत्ररोगलगायतका विषयमा विशेषज्ञ सेवा प्रदान गर्दैआएको छ। मिर्गौला रोग र अर्बुदरोग उपचारमा नेपाल सरकारसँग सहकार्य गरी सहुलियतसहितको उपचार सेवा समेत प्रदान गर्दै आइरहेको छ। स्वास्थप्रति जागरुक नागरिकहरुका लागि ॐ अस्पतालमा भिन्न–भिन्न स्वास्थ्य परीक्षण प्याकेजहरुमार्फत नियमित स्वास्थ्य परिक्षण, परामर्श तथा उपचार सेवाहरुसमेतको व्यवस्था रहेको छ।
त्यसैगरी माछापुच्छ्रे बैंकका देशभर १६५ शाखामा १५ लाखभन्दा बढी ग्राहक छन्। बैंकले १२ एक्सटेन्सन काउन्टर, १३० शाखारहित बैंकिङ सेवा, ७ प्रादेशिक कार्यालय, २०३ एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट बैंकिङ र एसएमएस बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ।
10 hours ago
15 hours ago
16 hours ago
17 hours ago
17 hours ago
17 hours ago
18 hours ago
19 hours ago
20 hours ago
20 hours ago