काठमाण्डौ । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले आफ्ना सेयरधनीहरुलाई हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ।
कम्पनी सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो। जसअनुसार कम्पनीले १ः१ अनुपातमा हकप्रद चुक्तापुँजीको सतप्रतिशत हकप्रद जारी गर्ने निर्णय गरेको छ।
सञ्चालक समितिको निर्णय स्वीकृतिका लागि विद्युत नियमन आयोगमा पठाइने पनि कम्पनीले जनाएको छ।
आयोगबाट स्वीकृति प्राप्त भएपछि हकप्रद सेयर जारी गर्ने अजेन्डा आगामी साधारणसभामा पेस गरी अनुमोदन गरिने कम्पनीले जनाएको छ। त्यसपछि १०० अंकित दरका कुल १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद जारी गर्न कम्पनीले नेपाल धितोपत्र बोर्डमा निवेदन दिनेछ।
9 hours ago
9 hours ago
9 hours ago
9 hours ago
10 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
12 hours ago