काठमाण्डौ । दैनिक कोरोना संक्रमितको संख्या १ हजार नाघेको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको पछिल्लो २४ घन्टामा देशभर थप १ हजार ९० जनामा कोरोना संक्रमण पुष्टि भएको हो। 

पछिल्लो २४ घन्टामा ६ हजार ३०० जनाको परीक्षणमा १ हजार ९० जनामा संक्रमण पुष्टि भएको हो। तीमध्ये २ हजार ९५८ जनाको पीसीआर परीक्षण गर्दा ६५० जना र ३ हजार ३४२ जनाको एन्टिजेन परीक्षण गर्दा ५३० जनामा संक्रमण देखिएको छ। 

पछिल्लो २४ घन्टामा ४३८ जना संक्रमणमुक्त भएका छन् भने २ जनाको मृत्यु भएको छ। 

हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ८०६ पुगेको छ।