काठमाण्डौ । समयमै काम नगर्ने १२ वटा कम्पनीलाई सरकारले कालोसूचीमा राखेको छ।
प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले १२ वटा निर्माण व्यवसायी एवं आपूर्तिकर्तालाई कालोसूचीमा राखेको हो।
कालोसूचीमा राखिएका कम्पनीहरुमा युनिभर्सल मल्टी सर्भिस प्रालि (काठमाण्डौ), स्वर्गद्वारी महाप्रभु बिल्डर्स प्रालि (प्युठान), सुक्रिक निर्माण सेवा (दाङ), एसडी कन्स्ट्रक्सन (धनुषा), राष्ट्र सेवा निर्माण सेवा (डडेल्धुरा), मुक्तिनाथ बिल्डर्स एन्ड कम्पनी (काठमाण्डौ) र लक्ष्मी निर्माण सेवा (अर्घाखाँची) छन्।
यसैगरी जलेश्वर निर्माण सेवा (धादिङ), डीभी घिमिरे कन्स्ट्रक्सन (कुरिनटार), अन्जना निर्माण सेवा (चितवन), दिल्ली ट्रेडिङ (वीरगन्ज) र बी मेनेजमेन्ट प्रालि (पोखरा)लाई पनि कार्यालयले कालोसूचीमा राखेको छ।
तीमध्ये राष्ट्र सेवा निर्माण सेवालाई ३ वर्ष र अन्यलाई १ वर्षसम्मका लागि कालोसूचीमा राखिएको छ। ती कम्पनीले कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन्।
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago