काठमाण्डौ । सेयर बजार परिसूचक नेप्सेले आज नयाँ कीर्तिमान कायम गरेको छ । सन् २०१६ को जुलाई २७ मा कायम अलटाइम हाई १८८१.४५ को उच्चतम विन्दूलाई ब्रेक गर्दै नेप्से परिसूचक आज कारोबार सुरु भएको एकघण्टामा १९१५ भन्दा माथि पुगिसकेको छ । 

यो अवधिसम्म नेप्से परिसूचकमा ४० अंकभन्द्या बढीको उछाल आइसकेको छ । एकघण्टामा २ अर्ब बढीको सेयर कारोबार भइसकेको छ भने व्यापर बाहेक सबै उपसमूहको सूचकमा बहार छाएको छ । 

एकघण्टामा उत्पादन तथा प्रशोधन समूह, अन्य समूह र बैंकिंग समूहमा उछाल आएको छ । 

आँखु खोला जलविद्युत र एनएमबी माइक्रोफाइनान्सको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ भने शिवम सिमेन्ट, विशाल बजार कम्पनी, नेपाल पुनर्बिमा कम्पनी, युनिलिभर नेपाल लिमीटेड लगायतका कम्पनीको सेयर मूल्यमा उछालको अवस्था देखिएको छ ।