काठमाण्डौ । लामो समय घटेको बजारमा आज बुलिस मारुबुजु क्यान्डल बनेको देखिन्छ।
यो क्यान्डलले यसअघिका ९ वटा क्यान्डललाई इन्गल्फिङ गरेको छ। योसँगै नेप्सेको दैनिक चार्टमा बजारले बोलिंगर ब्यान्डको मध्य ब्यान्डलाई ब्रेक गरेर माथि गएको छ। यसले बजार मजबुत भएको देखिन्छ। (हेर्नुहोस् कालो एरो)
म्याक्डीमार्फत हेर्दा बजारमा बुलिस क्रसओभर बन्दै गरेको देखिन्छ। तर, भइसकेको अवस्था भने होइन। हिस्टोग्राम नेगेटिभ रहे पनि फिक्का र छोटा–छोटा हुँदै गएका छन्।
यसअघि करिब ३ महिनापहिले गत अक्टोबर ९ मा बुलिस क्रसओभर बनेको थियो (हेर्नुहोस् हरियो एरो)। त्यसयता बजारले म्याक्डीमा बुलिस क्रसओभर बनाउन सकेको छैन।
आरएसआई करिब ओभर सोल्ड जोनबाट फर्केर ५५ मा पुगेको छ। यसले बजार बुलिस बन्दै गरेको बुझिन्छ।
आज १९२४ मा बन्द भएको बजारले नजिकको प्रतिरोध १९६० मा र त्यहाँबाट पनि माथि गएमा १९९० मा बलियो प्रतिरोध सामना गर्न सक्छ।
त्यस्तै आगामी दिनमा घटेमा बजारले १९०० तथा १८५० मा बलियो सपोर्ट लिन सक्छ। अहिलेको बढोत्तरीले यदि निरन्तरता पाएमा र १९९० को बेन्चमार्क ब्रेक गरेमा बजार छोटो समयमै करिब २२०० सम्म पुग्न सक्ने देखिन्छ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।
11 minutes ago
29 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago
4 hours ago
4 hours ago