काठमाण्डौ । आज सेयर बजार करिब १९ अंकले घटेर बन्द भएको छ।
प्राविधिक रुपमा आजको बजारलाई हेर्दा बियरिस प्रकृतिको क्यान्डल बनेको छ। यसले घट्दो बजारलाई संकेत गर्छ।
बजारको पछिल्लो अवस्थालाई हेर्दा लगातार बजार ५ दिन २००० माथि टिकेको छ। यसले लगानीकर्ता सेयर घटेर बेच्न नचाहेको भन्ने हो।
आजको क्यान्डललाई अघिल्लो दिनको क्यान्डलसँग मिलाएर हेर्दा बियरिस इन्गल्फिङ क्यान्डल बनेको छ। यसले भने घट्दो बजारलाई नै संकेत गर्छ।
पिभट प्वइन्टमार्फत हेर्दा लामो समयसम्म पिभट प्वइन्टभन्दा माथि टिकेको बजार आज त्यहाँबाट खसेर तल झरेको छ। यदि आगामी दिनमा बजार घट्छ भने अबको सपोर्ट बजारले १९७५ मा लिन सक्छ। त्यहाँबाट पनि तल झर्छ भने बजारले क्रमशः १९५० र १९२० मा सपोर्ट लिन सक्छ।
यदि आगामी दिनमा बढेमा बजारले क्रमशः २०६५, २०९५ र २१४९ मा प्रतिरोध सामना गर्न सक्छ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारस भने होइन।
10 hours ago
16 hours ago
16 hours ago
17 hours ago
17 hours ago
18 hours ago
19 hours ago
19 hours ago
20 hours ago
21 hours ago