काठमाण्डौ । हिमालय उर्जा विकास कम्पनी लिमिटेडले २०० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ।
कम्पनी सञ्चालक समितिको माघ १३ गते बसेको बैठकले चुक्तापुँजीको १ः२ अनुपात अर्थात २०० प्रतिशत हकप्रद जारी गर्ने निर्णय गरेको हो। यसका लागि विद्युत नियमन आयोगबाट सहमति लिई स्वीकृतिका लागि आगामी वार्षिक साधारणसभामा पेस गर्ने निर्णय पनि बैठकले गरेको छ।
हकप्रद सेयर निष्कासनपछि प्राप्त हुने पुँजीमध्ये खर्च कटाइ बाँकी सबै रकम बैंकहरुबाट लिएको दीर्घकालीन ऋणको भुक्तानी गर्ने निर्णय कम्पनीले गरेको छ।
यसैगरी कम्पनीका लागि आवश्यक नपर्ने चल–अचल सम्पत्ति जग्गा जमानी बिक्री गर्ने अख्तियार सञ्चालक समितिमा रहने गरी प्रबन्धपत्रको दफा ५ (च) ९मा संशोधन गर्ने र स्वीकृतिका लागि तीन महले समितिको प्रस्ताव आगामी वार्षिक साधारणसभामा पेस गर्ने निर्णय बैठकले गरेको छ।
कम्पनीको अधिकृत पुँजी वृद्धि गरी ३ अर्ब ५० करोड पुर्याउने र जारी पुँजी ३ अर्ब ५० करोड रुपैयाँ पुर्याउने गरी प्रबन्धपत्रमा संशोधन गर्ने र स्वीकृतिका लागि तीन महलेसहितको प्रस्ताव आगामी साधारणसभामा पेस गर्ने निर्णय बैठकले गरेको छ।
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago