– अर्जुन तिमिल्सिना
काठमाण्डौ । देशका धेरै जलविद्युत कम्पनीहरुमध्ये चिलिमे जलविद्युत सबैभन्दा धेरै लगानीकर्ताको आकर्षणमा पर्न सफल भएको कम्पनी हो। सन् १९९५ मा स्थापित यो कम्पनीले २००२ अगस्ट २५ बाट व्यावसायिक रुपमा विद्युत उत्पादन गरेको पाइन्छ।
रसुवा जिल्लामा यो कम्पनीको २२.१ मेगावट क्षमताको जलविद्युत आयोजना सञ्चालनमा रहेको छ। यो कम्पनीका भागिनी कम्पनीअन्तर्गत ३ कम्पनीबाट २७०.३ मेगावाट विद्युत उत्पादनको चरणमा छ। जसअन्तर्गत साञ्जेन जलविद्युतअन्तर्गत ४२.५ मेगावाट र अप्पर साञ्जेनअन्तर्गत १४.८ मेगावाट छन्। यी कम्पनीमा चिलिमेको ३८ प्रतिशत सेयर लगानी छ।
दोस्रोमा १०२ मेगावाटको मध्यभोटेकोशी जलविद्युत कम्पनी पर्छ। यसमा पनि चिलिमेको ३८ प्रतिशत नै लगानी रहेको छ।
त्यसैगरी रसुवागढी हाइड्रो कम्पनीअन्तर्गत १११ मेगावाटको आयोजनामा चिलिमेको ३३ प्रतिशत लगानी छ।
आधारभूत पक्ष
चालु आर्थिक बर्षको दोस्रो त्रैमासको वित्तीय विवरणअनुसार यो कम्पनीको चुक्तापुँजी ६ अर्ब ७५ करोड १७ लाख रुपैयाँबराबर रहेको छ। कम्पनीको रिजर्भमा ३ अर्ब ८३ करोड २६ लाख रुपैयाँबराबर रहेको छ। यस्तो रिजर्भ गत आर्थिक वर्षको यही अवधिमा ४ अर्ब २ करोड रुपैयाँबराबर रहेको थियो। यस हिसाबले यो कम्पनीको रिजर्भमा लगभग ५ प्रतिशत कमी आएको छ।
समीक्षा अवधिमा कम्पनीले २० करोड ७८ लाख रुपैयाँ खुद नाफा गरेको छ। गत वर्ष यही अवधिमा कम्पनीले २० करोड ३५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यस हिसाबले समीक्षा अवधिमा नाफा २.१४ प्रतिशतले बढेको छ।
हाल कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) १२.३२ रुपैयाँ रहेको छ। गत वर्ष यही अवधिमा कम्पनीको ईपीएस १२.९५ रुपैयाँ थियो। कम्पनीको बुक भ्यालु हाल १५६.७७ रुपैयाँ रहेको छ। गत वर्ष यही अवधिमा बुक भ्यालु १६४.०९ रुपैयाँ रहेको थियो। कम्पनीको रिटर्न अन इक्विटी हाल ७.८६ प्रतिशत रहेको छ।
प्राविधिक पक्ष
फियर एन्ड ग्रिड मिटरका आधारमा
फियर एन्ड ग्रिड मिटरका आधारमा यो कम्पनी हाल स्ट्रङ बुलिस सेन्टिमेन्टमा रहेको देखिन्छ। यो कम्पनीको ५२ साताको उच्च मूल्य ५२५ रुपैयाँ रहेको छ भने न्यून मूल्य ३५१ रुपैयाँ रहेको छ। हाल दोस्रो बजारमा ४८१ रुपैयाँमा अन्तिमा कारोबार भएको यो कम्पनीको सतप्रतिशत सेयर होल्डिङ सर्वसाधारणतर्फ रहेको छ। कम्पनीले १० वर्षमा औसत लाभांश २५ प्रतिशत रहेको छ।
बोलिंगर ब्यान्ड, म्याक्डी र आरएसआईका आधारमा
दैनिक चार्टमार्फत बोलिंगर ब्यान्डका आधारमा यो कम्पनी लामो समय अप्पर ब्यान्डसँगै हिँडेको देखिन्छ भने आज रातो मारुबुजु क्यान्डल बनेको छ। यसले कम्पनीको मूल्य अल्पकालमा केही करेक्सन हुन सक्ने देखिन्छ। म्याक्डीका आधारमा हेर्दा गत २६ डिसेम्बरमा बनेको बुलिस क्रसओभर हालसम्म पनि भ्यालिड नै रहेको छ। आरएसआई भने लामो समयदेखि ओभरबट जोन ७६ मा रहेको छ। समग्रमा यी तीनवटै इन्डिकेटरबाट हेर्दा यो कम्पनीको सेयरमा अल्पकालमा सामान्य करेक्सन हुन सक्ने देखिन्छ।
पिभट प्वइन्टका आधारमा
पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको अधिकतम, न्यनूतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ।
बढेमा प्रतिरोध
पिभट प्वइन्टः ४६२
घटेमा सपोर्ट
निष्कर्ष
आधारभूत रुपमा यो कम्पनीको गत आर्थिक वर्षको यही अवधिको तुलनामा खुद मुनाफा बढेको छ। तर, ईपीएस, बुक भ्यालु र रिटर्न अन इक्विटीमा भने गिरावट आएको छ।
प्राविधिक रुपमा यो साता चिलिमेको सेयरभाउमा सामान्य करेक्नस हुन सक्छ। किनकि बोलिंगर ब्यान्डको अप्पर ब्यान्डमा पुगेर रातो मारुबुजु क्यान्डल बनेको छ। आरएसआई पनि ७० भन्दा माथि ओभरबट जोनमा पुगेको देखिन्छ। पिभटमार्फत हेर्दा पिभट प्वइन्ट ४६२ भन्दा माथि नै कारोबार भएका कारण सेयरमूल्य भने मजबुत नै रहेको देखिन्छ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।
9 hours ago
9 hours ago
9 hours ago
10 hours ago
10 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago