काठमाण्डौ । दुई दिन लगातार बढेको सुनको भाउ आज बिहीबार ओरालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ८०० रुपैयाँले घटेको हो। यो गिरावटसँगै आज प्रतितोला फाइन गोल्ड ९२ हजार १०० रुपैयाँ र तेजाबी गोल्ड ९१ हजार ६०० रुपैयाँ कायम भएको छ।
हिजो बुधबार सुनको भाउ तोलामा १०० रुपैयाँले बढोत्तरी भएको थियो। यो प्रतितोला फाइन गोल्ड ९२ हजार ९०० रुपैयाँ र तेजाबी गोल्ड ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।
गत मंगलबार पनि सुनको भाउ तोलामै ६०० रुपैयाँ उकालो लागेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९२ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
साताको पहिलो दिन तोलामै २ हजार ३०० रुपैयाँले ओरालो लागेको सुनको भाउ गत सोमबार पनि ८०० रुपैयाँले घटेको थियो।
आज चाँदीको भाउ पनि तोलामै १५ रुपैयाँ घटेको छ। योसँगै आज प्रतितोला चाँदी १ हजार २४५ रुपैयाँ कायम भएको छ।
हिजो बुधबार १० रुपैयाँले उकालो लागेको चाँदीको भाउमा मंगलबार भने २० रुपैयाँको बढोत्तरी भएको थियो। गत आइतबार तोलामै ५० रुपैयाँ घटेको चाँदीको भाउ सोमबार पनि ४० रुपैयाँले ओरालो लागेको थियो।
5 hours ago
5 hours ago
6 hours ago
6 hours ago
6 hours ago
7 hours ago
7 hours ago
7 hours ago
7 hours ago
9 hours ago