काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बुधबार दुई बैंकसहित चार कम्पनीका बोनस सेयर सूचीकृत भएका छन्।

नेप्सेमा एनएमबी बैंक, नेपाल एसबीआई बैंक, जानकी फाइनान्स लिमिटेड र बुटवल पावर कम्पनीका गत आर्थिक वर्षका लागि पारित झन्डै ३ करोड २८ लाख कित्ता बोसन सेयरहरु सूचीकृत भएका हुन्। 

नेप्सेमा एनएमबी बैंकको २ करोड ४२ लाख १२ हजार ४५७.५९ कित्ता र नेपाल एसबीई बैंकको ५० लाख ६९ हजार ५५०.३१ कित्ता बोनस सेयर सूचीकृत भएका छन्। 

त्यस्तै जानकी फाइनान्सको १० लाख ८२ हजार ७०८.६६ कित्ता र बुटवल पावर कम्पनीको २४ लाख ३३ हजार २६४ कित्ता सेयर सूचीकृत भएका छन्।