काठमाण्डौ। कोरोना बीमाबापत अझै पनि हजारौँले भुक्तानी पाउन सकेका छैनन्। 

महालेखापरीक्षकको कार्यालयका अनुुसार ३७ हजार १०० ले ६ अर्ब १६ करोड ६२ लाख रुपैयाँ भुुक्तानी नपाएका हुन्। २०७७/७८ मा १ लाख १४ हजार ६३३ जनाले बीमा दाबीवापतको अनुमानित १० अर्ब ९७ करोड ७३ लाख रहेकोमा ७७ हजार ६३२ जनाको ४ अर्ब ८१ करोड ११ लाखमात्रै भुक्तानी गरिएको छ। 

महालेखापरीक्षकको तथ्यांकअनुसार ३७ हजार बढीले दाबी भुुक्तानी नपाएका हुन्। 

कोरोना भाइरस तीव्र रुपमा फैलिएपछि बीमा समितिले २०७७ जेठदेखि कोरोना बीमा पोलिसी सञ्चालनमा ल्याएको थियो। यस प्रयोजनको लागि समितिले कोरोना बीमा मापदण्ड, २०७७ पनि जारी गरेको थियो।