काठमाण्डौ । कोरोनाको हट स्पट बनेको भारतमा बुधबार एकैदिन ३ लाख बढी कोरोना संक्रमित थपिएका छन् भने २ हजार १०० बढीले ज्यान गुमाएका छन्।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार भारतमा ३ लाख १४ हजार ८३५ नयाँ संक्रमित थपिएका हुन्। भारतमा कोरोनाबाट संक्रमित हुनेको यो एक दिनको आँकडा हालसम्मकै उच्च हो। योसँगै भारतमा हालसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या १ करोड ५९ लाख नाघेको छ। 

भारतको महाराष्ट्रमा बुधबार सबैभन्दा धेरै ६७ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन्। उत्तर प्रदेशमा पनि ३३ हजारभन्दा बढी नयाँ संक्रमित भेटिएका छन्। राजधानी दिल्लीमा पनि २४ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन्। 

भारतमा बुधबारमात्रै यो संक्रमणबाट थप यो दिन २ हजार १०४ कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै भारतमा मृतकको संख्या १ लाख ८४ हजार ६५७ पुगेको छ। 

संक्रमितसँगै मृत्यु दर बढ्न थालेपछि भारतका विभिन्न राज्यमा विभिन्न प्रतिबन्ध लगाइएको छ। – एजेन्सी