नयाँदिल्ली । भारतले होण्डा कार हैचब्याक मोडल ज्याजको नयाँ भर्सन लञ्च गरेको छ । 

कम्पनीकाअनुसार यस मोडलको म्यानुअल भर्सन ७.४९ देखि ८.८३ लाख भारतीय रुपैयाँमा उपलब्ध हुनेछ । जबकि यसको सीभीटी अटोमेटिक भर्जनको मूल्य ८.४९ देखि ९.७३ लाख भारतीय रुपैयाँको बीच हुनेछ । नेपालमा भने यो कार निकै महंगो पर्नेछ । 

होण्डा कार इण्डियाका अध्यक्ष तथा सीइओ गाकू नाकानीशीले ग्राहकको सेन्टिमेन्टसलाई मध्यनजर गर्दै नयाँ भर्जन सार्वजनिक गरेको बताए । 
नयाँ ज्याजमा होण्डा बीएसभी आई कम्प्याक्ट १.२ आइ भीटेक पेट्रोल इन्जिन जडित छ । यो इन्जिन दुवै भर्जनमा जडित छन् । 

कम्पनीका अनुसार टेष्ट डेटाका मुताविक नयाँ मोडलको दुवै भर्जनबाट १६.६ किलोमिटर प्रतिलिटर माइलेज पाइन्छ । हाल नेपालमा पेट्रोलको मूल्य १०५ रुपैयाँ प्रतिलिटर रहेको छ । यसको अर्थ कारको १ किलोमिटरको इन्धन खर्च ६.३२ रुपैयाँ हुन आउँछ ।

कम्पनीका अनुसार ज्याजको यो संस्करण नयाँ डिजाइनका साथ प्रस्तुत गरिएको छ । 

नाकानीशीले होण्डा ज्याजलाई स्टाइलिस बनाउनका साथै स्पोर्टी लुक दिइएको जानकारी दिए । यस श्रेणीमा कम्पनीले कारको छत पनि खुल्ने सुविधा दिएको छ । यो रेन्जका कारमा यसले अलग स्थान दिन्छ।

कम्पनीले यसलाई ३ मोडल भी,भीएक्स र जेडएक्समा प्रस्तुत गरेको छ । यसको शोरुम मूल्य क्रमशः ७.५ लाख,८.१० लाख र ८.७४ लाख भारतीय रुपैयाँ तोकिएको छ