काठमाण्डौ । कोभिड प्रभावित ऋणिहरुलाई नेपाल राष्ट्रबैंकले ६ महिनाभन्दा बढीको ब्याज बक्यौता नभए धितो लिलाम नहुने व्यवस्था गरिदिएको छ । 

मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा गर्दै केन्द्रीय बैंकले यस्तो घोषणा गरेको हो । 

नेपाल राष्ट्रबैंकका प्रवक्ता गुणाकर भट्टले अब कुनै पनि बैंक तथा वित्तीय संस्थाले ६ महिनाभन्दा बढी ब्याज भुक्तानी नभएका ऋणिको धितो लिलाममा लग्न नपाउने नीतिगत व्यवस्था भएको जानकारी दिए । 

यसअघि बैंक तथा वित्तीय संस्थाहरुले साँवाब्याज तिर्न बाँकी रहेको ३५ दिनपछिदेखि नै ऋणिहरुको धितो लिलामीमा राख्ने गरेका थिए । कोभिडका कारण समस्यामा परेका व्यवसायीहरुले बैंकहरुको यस्तो व्यवहारका कारण आफूहरुलाई अप्ठ्यारो परेको गुनासो गरेपछि केन्द्रीय बैंकले राहात दिने उद्देश्यले केही लचक व्यवस्था ल्याइदिएको हो ।