काठमाण्डौ । अंग्रेजी नयाँ वर्ष २०२२ को पहिलो महिना जनवरीमा नेप्से २९७५ को विन्दुमा कारोबार भएको थियो। त्यसको ६ महिनापछि गत जुन महिनामा बजार अहिलेको बुलको न्यून विन्दु १८०६ सम्म आएको थियो। त्यसको एक महिनामै बजार तीव्र उतारचढावका साथ २२२२ को विन्दुमा पुगेको थियो।
पहिलो बटम लगाएको ठीक ३ महिनापछि बजारले गत सेप्टेम्बर २५ मा दोस्रो बटम १८१० मा बनाएको थियो। त्यसपछि १९९० को विन्दुमा बलियो प्रतिरोधको सामना गरेको बजारले अघिल्लो साता नै १९०० तल झरेको थियो।
यो साताको पहिलो कारोबार बजारले बलियो सपोर्ट १८८० लाई भत्काएर आज बजार १८५५ मा बन्द भएको छ। योसँगै बजार ट्रिपल बटम बनाउन पुनः १८०० सम्म आउन सक्ने चर्चा सुनिन्छ। यदि बजार १८०० सम्म आउँछ भने त्यो ट्रिपल बटम नै हुन जान्छ।
बजारमा डबल बटम भनेको पहिलेको न्यून विन्दुलाई पुनः टेस्ट गर्न आउँछ भने त्यसलाई डबल बटम भनेर बुझिन्छ। त्यसैगरी यदि बजार तेस्रापल्ट पनि १८०० आसपास आउँछ भने त्यसलाई ट्रिपल बटम भनेर बुझिन्छ।
गत जुन महिनामा पहिलोपल्ट १८०६ को विन्दु टेस्ट गरेको बजार यदि डिसेम्बर महिनाभित्र त्यही विन्दुमा आउँछ भने त्यो ६ महिनाको अन्तरालमा ट्रिपल बटम बनाउँदै गरेको हुन सक्छ।
अघिल्लोपल्टको बियरिस बजारलाई नियाल्ने हो भने बजारले ११०० मा धेरैपल्ट टेस्ट गरेको हुँदा यो पल्ट पनि १८०० मा बजार धेरै पल्ट टेस्ट गर्न आउन सक्छ। खासगरी साइडवेज मार्केटको प्रकृति नै यही हुने भएकोले यदि बजारले ट्रिपल बटम बनाउँछ भने त्यो कुनै आश्चर्य हुने छैन।
विभिन्न इन्डिकेटरका आधारमा बजारलाई दैनिक चार्टमार्फत हेर्दा आज बोलिंगर ब्यान्डको तल्लो विन्दुमा ब्रेक डाउन भएको छ। म्याक्डी बजारलाई हेर्दा बियरिस क्रसओभर बनेको छ भने हिस्टोग्राम नेगेटिभ र लामा–लामा बनेको छ।
त्यसैगरी आरएसआईमार्फत हेर्दा भने बजार हाल ३५ को ओभर सोल्ड जोननजिक रहेको छ। बजार एकपल्ट ओभर सोल्ड जोन २० देखि ३० सम्म पनि आउन सक्छ।
यी तीनवटै इन्डिकेटरलाई मिलाएर हेर्दा केही समय अझै बजारमा बिक्री दबाब पर्न सक्ने देखिन्छ।
नोट : सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबार सिफारिस भने होइन।
4 minutes ago
37 minutes ago
46 minutes ago
51 minutes ago
1 hour ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago