काठमाण्डौ । एकै व्यक्ति आठ लाख मानिसको हत्यामा संलग्न भेटियो भन्दा सायद तपाइँ पत्याउनुहुन्न होला। किनकि यति धेरै मानिसको हत्या एकै व्यक्तिको संलग्नता कसरी सम्भव होला ? भन्ने सोच्नु पनि हुन्छ होला।

तर यो वास्तविक हो। फ्रान्समा लुकिछिपी बस्दै आएका अफ्रिकाका मस्ट वान्टेड हालै पक्राउ परेपछि यस्तो खुलासा भएको हो। ती पक्राउ परेका व्यक्तिको नाम हो फेलिसिएन कबुगा। 

अफ्रिकाको रुवान्डामा सन. १९९४ मा भीषण नरसंहार भएको थियो। यो नरसंहारमा ८ लाखभन्दा बढी एथनिक टुट्सिस र मोर्डन हुतुस मारिएका थिए। 

नरसंहारका लागि कबुगाले वित्तीय मद्दत गरेको र आफ्नी कम्पनीका माध्यमबाट हतियार सप्लाई गरेको खुल्न आएको छ। त्यतिबेला उनी रुवान्डाका सबैभन्दा धनी व्यक्तिका रुपमा परिचित थिए। 

उक्त नरसंहारका क्रममा रुवानडाको हुतु चरमपन्थीहरुलाई हतियार कबुगाले नै उपलब्ध गराएका थिए। सन् १९९४ मा रुवान्डामा तीन महिनाभन्दा बढी समयसम्म नरसंहार चलेको थियो। 

डेली मेलको रिपोर्टअनुसार कबुगा गलत पहिचानका साथ पेरिसमा बसोबास गर्दै आएका थिए। उनी पछिल्लो २५ वर्षदेखि फरारको सूचीमा थिए। तर हिजो १६ मेमा पेरिसको एउटा सहरबाट प्रहरीले कबुगालाई पक्राउ गर्यो। 

कबुगा करिब ४–५ अघिदेखि मात्र आफ्ना छोराछोरीका साथ पेरिसमा बस्दै आएका थिए।

त्यसअघि उनी जर्मनी, बेल्जियम, केन्या, स्विटजरल्यान्डाजस्ता देशमा लुकिछिपी बस्दै आएका थिए।

फ्रान्सको सुरक्षा एजेन्सका अनुसार दुई महिनाअघि खुफिया सूचनापछि कबुगालाई पक्राउ गर्न पुनः योजना बनाइएको थियो। 

कबुगा अहिले ८४ वर्षका भए। उनलाई पक्राउ गर्नेलाई ५७ करोड रुपैयाँको पुरस्कार राशि घोषणा गरिएको छ। 

सन् १९९७ मा संयुक्त राष्ट्रसंघको इन्टरनेसनल क्रिमिनल ट्रिब्युनल फर रुवान्डले कबुगामाथि नरसंहारमा संलग्न रहेको आरोप लगाएको थियो। उनीमाथि यो नरसंहार मच्चाउने योजना बनाएको र धन तथा प्रभावको प्रयोग गरेर चरमपन्थीहरुलाई बल पुर्याएको आरोप लागेको थियो। 

पक्राउपछि कबुगालाई फ्रान्सको अदालतले नेदरल्यान्डसको हेग पठाएको छ। त्यहाँ म्याकेनिजम फर इन्टरनेसनल क्रिमिनल ट्रिब्युनलले कबुगामाथि अगाडिको कारबाही प्रक्रिया बढाउने बताइएको छ। – एजेन्सी