– अर्जुन तिमिल्सिना
काठमाण्डौ । सेयर बजार हिजो जेठ २ गते अल टाइम हाई रेकर्ड ब्रेक गर्दै नयाँ उचाइ चुमेको छ। दैनिक कारोबार रकम पनि १० अर्ब बढीको भएको थियो। यतिबेला लगानीकर्तामा उत्साह छाएको छ।
बजार बढ्दो ट्रेन्डलाई लिएर नियाम निकाय नेपाल स्टक एक्सचेन्ज (नेप्से) प्रमुख चन्द्रसिंह साउद पनि निकै उत्साहित देखिन्छन्। साउद भन्छन्, ‘अब छिटै सेयर बजारमा दैनिक २०–२५ अर्ब रुपैयाँसम्मको कारोबार हुनेछ।’
नेप्से प्रमुख साउदले अब ब्रोकरलाई पनि एप्लिकेसन प्रोग्रामिङ इन्टरफेस (एपीआई) दिएर सेयर कारोबारमा सहजता गरिने बताए। ‘ब्रोकरहरु थप विस्तार गरिनेछ’, उनले भने, ‘इन्ट्रा डेको पनि कारोबार हुन थालेपछि नेपालमा दैनिक २० देखि २५ अर्बको कारोबार हुने निश्चित छ।’
प्रमुख साउद हिजो नेप्से परिसूचकले अल टाइम हाई रेकर्ड कायम गर्नुको पछाडि विभिन्न सकारात्मक कारण रहेको बताउँछन्। ‘अहिले बजारमा नयाँ–नयाँ प्रडक्ट भित्रिका छन्, जसका कारण दैनिक कारोबार बढ्ने निश्चित छ’, उनी भन्छन्, ‘बजार सकारात्मक हुनु भनेको लगानीकर्तालाई पनि फाइदा हुनु हो, सरकारले प्राप्त गर्ने राजस्व पनि बढ्नेछ।’
अहिले कोरोना महामारीका कारण नियामक निकायहरुका गतिविधिममा केही शिथिलता आए पनि कम भने नभएको साउद बताउँछन्। ‘सेयर बजारबाटै सरकारलाई वार्षिक २० अर्ब रुपैयाँ कर उठाउने गरी नियामक निकाय लागेका छन्’, उनी भन्छन्।
अबको पुँजी बजार प्रविधिमैत्री भएकोले धेरै मानिसले कल्पना गरेभन्दा बढी कारोबार हुने साउदको दाबी छ। ‘नेप्से परिसूचकले नयाँ–नयाँ उचाइ चुम्दै जानेछ’, उनी भन्छन्, ‘पुँजी बजारका लागि सुखद् दिनको सुरुआत भएको छ।’
बजारले गति लियो भन्दैमा लगानीकर्ताहरुले आँखा चिम्लेर पैसा खन्याउन नहुने नेप्से प्रमुख साउदको सुझाव छ। ‘कम्पनीको विगत, वर्तमान तथा भविष्य बुझेरमात्रै सेयर लगानी गर्न म सुझाव दिन्छु’, उनले भने, ‘अझ नयाँ लगानीकर्ताहरु बढी सचेत हुन आवश्यक छ।’
2 months ago
2 months ago
2 months ago
2 months ago
2 months ago
2 months ago
2 months ago
2 months ago
2 months ago
2 months ago