दीपक मल्होत्रा(अध्यक्ष)-मोवाइल फोन इम्पोर्टर अशोसिएसन

प्रविधिले निकै ठूलो फड्को मारिरहेको छ । छोटो अवधिमा धेरै कुराहरु देख्न र प्रयोग गर्न पाइँदैछ । तपाई देशको अग्रणी मोवाइल आयातकर्ता हुनुहुन्छ, अहिलेको मोवाइल बजारलाई कसरी विश्लेषण गर्न सकिन्छ ?
-पछिल्लो समयमा मोवाइल बजार निकै धेरै बिस्तार भइसकेको छ । आगामी दिनमा थप बिस्तार हुने उस्तै संभावना छ । नेपालमा मोवाइल फोन आएको करिब २० वर्ष भइसक्यो । सुरुमा नयाँ–नयाँ प्रविधि आउँदै जान्छ, पुरानो प्रविधि लोप हुँदै जान्छ । सुरु–सुरुमा मोवाइल फोन आउँदा दुुईचारवर्षमा नयाँ प्रविधि आउला भन्ने मात्र दिमागमा थियो, मोवाइल फोनको बजार २–४ वर्षमै केही राम्रो होला र केही प्रविधि आउला भन्ने ठानेका थियौं । तर, एउटा मोवाइल फोनले अरु सबै किसिमका ग्याजेटहरुलाई यसरी विस्थापित गर्ला भन्ने हामीले कहिल्यै सोचेनौ । अहिले त मोवाइल फोन यस्तो आवश्यक वस्तु भइसक्यो, जसले अरु सबै चिजलाई विस्थापित गरिदियो । मोवाइलको फोनसँगै क्यामेरा, रेडियोदेखि घडीसम्मका सुविधा प्राप्त भयो । आजभोलि मोवाइलमा सम्पूर्ण कुराको सुविधा छ । अब मोवाइल फोनले सबै कुरालाई विस्थापित गरिसक्यो । जस्तो, अहिले घडीको कुनै महत्व छैन, पहिला घडीको बजार कति ठूलो थियो, अहिले त घडी नाडीमा देखाउने चिज मात्रै भएको छ । समय र घडीमा उपलब्ध अन्य विशेषताहरु मोवाइलमै परिस्कृत रुपमा पाएपछि घडी लगाउनैपर्ने बाध्यता हटेर गयो । हामीले कहिल्यै सोचेका थिएनौ कि आजको दिनमा आएर मोवाइलले यति ठूलो बजार लेला भनेर । अहिले त तपाईको घरको ल्याण्डलाइन पनि त्यति प्रयोग गर्नु हुन्न होला । मेरो घरमा समेत फोन बजिरहेको हुन्छ, त्यसको वास्तै लाग्दैन । सबैको हातमा आ–आफ्नो हातमा मोवाइल फोन छ, मोवाइलबाटै सबै सम्पर्कको काम हुन्छ । 

आज नेपालमा मासिक करिब ५ लाख मोवाइल सेट भित्रिरहेको छ । उपत्यकामा मात्र कुरा गर्ने हो भने झण्डै २५ देखि ३० अर्ब रुपैयाँको मोवाइल फोन अहिले भित्रिरहेको छ ।

आज नेपालमा मासिक करिब ५ लाख मोवाइल सेट भित्रिरहेको छ । मोवाइल हवाईमार्गबाट आउने बस्तुु हो, त्रिभुुवन बिमानस्थलको भन्सार नाकाबाट आउने भएकोले यसको तथ्यांक सहजै पाइन्छ । यो प्रडक्ट स्थलमार्गबाट आउँदैन । किनभने धेरै छिटो छिटो भाउ घटिरहेको हुन्छ, स्थलमार्गबाट ल्याउन थालियो भने त्यो संभव नै छैन । उपत्यकामा मात्र कुरा गर्ने हो भने झण्डै २५ देखि ३० अर्ब रुपैयाँको मोवाइल फोन अहिले भित्रिरहेको छ ।

भनेपछि यसले एउटा कमोडिटी मार्केटमा ठूलो स्थान ओगटेको छ । आउँदा दिनहरुमा यो विजिनेशको संभावना अझ बढ्दै जानेछ । हामीले कुनै कुरा अहिले सोचेका हुन्छौ, मोवाइल फोनमा यति चिज त भइसक्यो, त्यो एउटा पनि भइदिए हुन्थ्यो भनेर । हामीले सोच्नुुअगाडि नै ती कुरा उत्पादकहरुले सोचेर बजारमा ल्याइसकेका हुन्छन् । 

अर्को, हामीलाई त मोवाइल अझै चलाउन आउँदैन । के के काम गर्न सकिन्छ स्मार्टफोनमा भन्ने कुराको पूर्ण ज्ञान पनि हामीसँग छैन । यसमा भएका सबै प्रविधि र उपयोगी फिचर्समध्ये २५ प्रतिशत पनि प्रयोग गरेका छैनौ होला ।

सामसङको आधिकारिक डिलरसीप लिएर सुरुवातदेखि नै तपाई मोवाइल व्यापारमा हुनुहुन्छ । यो विजिनेशको बजार पूँजीकरण कहाँबाट कहाँ पुुग्यो ?
-नेपालमा सन् १९९८ बाट मोवाइल फोन सुरु भयो । पहिला पहिला इण्डियन टुरिस्टहरु नेपाल आएर आयातित सामान किन्ने चलन हुन्थ्यो, किनभने त्यतिबेला इण्डियामा कस्टम्स ट्यारिफ धेरै हाइ थियो । यहीकारण नेपालमा आएर सबै सामान किन्थे । इण्डियामै पनि पहिलोपटक १९९६ मा मोवाइल फोन सुरु भएको हो । त्यतिबेलादेखि नै मोवाइल बजारमा आयात सुरु गर्यौ । इण्डियन टुरिस्टहरु नेपालमा आएर किन्ने सिस्टम थियो त्यतिबेला । र, त्यतिबेला मेरो कम्पनीले पनि सबै ब्राण्डका मोवाइल फोन आयात गथ्र्यो । नोकियादेखि लिएर मोटोरोला, एरिक्सन लगायतका ब्राण्डका मोवाइल थिए, सामसङ चाहि अलिक पछि आएको हो । हामीले पहिलोपटक २००१ मा सामसङ मोवाइलको नेपालमा आधिकारिक बिक्रेताको हैसियतले आयात सुरु गरेका थियौ । त्यसताका हामीले एकवर्षमा बढीमा ५ हजार सेट बिक्री गथ्र्यौ । अहिले आएर सामसङको मात्र हामीले महिनाको ८० हजार सेट बिक्री गर्छौ । नेपालमा पहिलोपटक सामसङ मोवाइल फोन आधिकारिक बिक्रेतामार्फत बिक्री भएको हो । अन्य मोवाइल फोन पनि बिक्री हुन्थे, तर आधिकारिक बिक्रेता कोही पनि थिएन । त्यसपछि २००७ पछि मात्र अन्य ब्राण्डका फोनहरुको समेत आधिकारिक बिक्रेतामार्फत बिक्री सुरु भयो ।

नेपाल दूरसंचार कम्पनीले मोवाइल फोन वितरण सुरु गर्न थालिसकेपछि सुरुमा १० हजार लाइन मात्र वितरण गरेको थियो । त्यो १० हजार  लाइन वितरण गर्न करिब २ बर्ष लागेको थियो । त्यतिबेला महंगो थियो, आगमन कलको पनि पैसा लाग्थ्यो । बिस्तारै बिस्तारै सर्भिस प्रोभाइडरहरुले पनि शुल्कहरु घटाउँदै लगे, आगमन कल फ्रि भयो । अहिले बिस्तार भएको विशाल मोवाइल बजार देख्नेले सुरुवाती दिनको कुरा सुन्यो भने सायद दन्त्यकथा नै भन्ने ठान्न सक्छ ।

त्यसताका हामीले एकवर्षमा बढीमा ५ हजार सेट बिक्री गथ्र्यौ । अहिले आएर सामसङको मात्र हामीले महिनाको ८० हजार सेट बिक्री गर्छौ ।

अहिले सामसङ ब्राण्डको मार्केट सेयर कति छ ?
-सन् २०११ सम्म विश्व बजारमा नोकियाले आधिपत्य जमाएर बसेको थियो। पहिलोपटक २०११ मा अन्य ब्राण्ड स्मार्टफोन प्रविधिमा गए । त्यतिबेला सामसङले छानेको प्लेटफर्म एन्ड्रोइड थियो । २०११ पछि सामसङले आफ्नो स्थान पहिलो नम्बरमा राख्यो र नोकिया चाहि खस्किदै गयो । आजको दिनमा नेपाली बजारको कुरा गर्ने हो भने भ्यालूूको हिसाबले अहिले सामसङको मार्केट सेयर झण्डै ५० प्रतिशत छ  र भोल्युुमको हिसाबले पनि हामी नम्बर एकमै छौ र मार्केट सेयर करिब २० प्रतिशत छ । हाम्रो महंगो फोन बढी बिक्री हुन्छ, यहीकारण हामी भ्यालूू र भोल्युममै पहिलो नम्बरमा छौ । 

सामसङ नै नम्बर एक भइरहने कारण चाहि ?
-मुख्य कारण भनेकै ग्राहकहरुलाई दिन सकिएको सन्तुष्टि हो । सामसङ कोरियाले गुणस्तरमा कुनै पनि किसिमको सम्झौता गरेको छैन । रिसर्च एण्ड डेभलपमेन्टमा अरबौ डलर यसले वार्षिक रुपमा खर्च गर्छ । एप्पलले एउटा मात्र मोडल बनाउँछ, जुन महंगो खालको छ, तर सामसङले २ हजार रुपैयाँदेखि १ लाखसम्मको फोन उत्पादन गर्दै आइरहेको छ । जसले गर्दा हरेक सेग्मेन्टको फोन हामीसँग छ । सामसङको नाम स्थापित भइसकेको छ । पहिला एप्पल भन्थे, तर अब प्रतिष्ठाका लागि समेत सामसङ बोक्नेको संख्या बढिरहेको छ । सामसङ किन्नलाई कोही पनि हिचकिचाउँदैनन्, यो बलियो प्रडक्ट हो, यो किन्दा धोका हुँदैन भन्ने कुरा धेरैले बुुझेका छन् । त्यसले गर्दा अहिले हरेक एंगलबाट हामी पहिलो नम्बरमै छौ । स्पेयर पार्टसदेखि लिएर सर्भिस सेन्टरदेखि लिएर सबैतिर हामीले गुणस्तरीय सेवा दिइरहेका छौ । हाम्रो २० वटा सर्भिस सेन्टर छन् । ग्राहकलाई सन्तुष्टि दिने कुरामा सामसङ सधैं अग्रसर छ । मार्केटिङमा पनि बढी फोकस गरिएको छ । 

भ्यालूूको हिसाबले अहिले सामसङको मार्केट सेयर झण्डै ५० प्रतिशत छ  र भोल्युुमको हिसाबले पनि हामी नम्बर एकमै छौ र मार्केट सेयर करिब २० प्रतिशत छ ।

मोवाइलको बढ्दो बजार(फेयर मार्केट)का लागि चुनौतिहरु चाहि के–के छन् ?
-नेपालको फेयर बजारमा केही चुनौतिहरु छन् । सरकारी निकायबाट त्यति धेरै असहयोग, असुविधा छैन । तर, केही हदसम्ममा ग्रे मार्केट अहिले पनि  सक्रिय छ । पहिलाको दाजोमा ग्रे मार्केट निकै कम छ । पहिला ८० देखि ९० प्रतिशत ग्रे मार्केटबाट आउथ्यो भने अहिले ८०–९० प्रतिशत मोवाइल सेट कानूनी बाटोबाट आउँछ । अहिले पनि १० देखि २० प्रतिशतसम्म मोवाइल सेटहरु ग्रे मार्केटबाट आइरहेका छन्, हाम्रो मुख्य चुनौति नै यही हो । त्यस्ता फोन बिक्रेताले सस्तोमा बेचेर बजार बिगारिरहेका छन्, त्यस्ता फोनहरु अलिक कमसल खालका पनि हुन्छन्, ग्राहकहरुलाई थाहा हुँदैन, किनिदिन्छन् । 

यसकारण नेपालमा मोवाइल फोनको विजिनेशलाई हरेक दृष्टिकोण र विशेष गरी सुरक्षाको दृष्टिकोणबाट हेर्दा समेत सरकारको संरक्षण चाहिन्छ भन्ने हाम्रो मान्यता रहिआएको छ । हामीले संसारका केही देशहरुमा मोवाइल फोन आयात गर्दा कानूनी रुपमा आयात भएका फोन मात्र एक्टिभेट हुने प्रणाली समेत देखेका छौ । सिम राखेपछि गैरकानूनी ढंगले भित्रिएको फोन चल्दैन । त्यसको मुख्य कारण ह्वाइट लिस्ट हो । हामीले आयात गर्ने मोवाइल फोनको आइएमआई नम्बर नेपाल दूरसंचार प्राधिकरणलाई पास गरिदिन्छौ, र, उसले सर्भिस प्रोभाइडरहरुलाई पास गरिदिन्छ । उनीहरुको सिस्टममा आइएमआई नम्बर इन्टीग्रेट गरेपछि जब फोनमा सिम हालिन्छ, त्यो म्याच भयो भने चल्छ, भएन भने चल्दैन । हामीले यसका लागि बारम्बार नेपाल दूरसंचार प्राधिकरणमा गएर घच्घचाइरहेका छौ । मलाई लाग्छ हाम्रो यो माग चाँडै नै पूरा हून्छ । यो माग जुन दिनदेखि पूरा हुन्छ, त्यो दिनदेखि नेपालको बजारमा गैरकानूनी ढंगले आयात हुने फोनको संख्या शून्यमा झर्छ । 

अर्को चुनौति, बजारमा केही अस्वस्थ प्रतिस्पर्धा पनि छ, कम नाफा खाएर सामान बिक्री गर्ने प्रवृति अझै जिवितै छ । नेपाल मोवाइल फोन इम्पोर्टर अशोसिएसन हामीले गठन गरेका छौ, यसमा हामी १७–१८ जना सदस्य छौ । ती सदस्यले अन्तर्राष्ट्रिय ब्राण्डका मोवाइल फोन आयात गर्छन । हामीले ह्वाइट लिस्ट लागूू गर्न सकेको खण्डमा ग्रे मार्केट बन्द हुन्छ भने त्यस्तो खालको कुनै अस्वस्थ प्रतिस्पर्धा पनि हुँदैन । बजारमा सस्तोमा बिक्री भइरहेको चिजलाई कसरी रोक्ने भन्ने बिषयमा हामीले गृहकार्य गरिरहेका छौ । त्यो चाहि नितान्त आयातकर्ताले नै कसरी समाधान गर्ने भन्ने बिषय हो, यसमा सरकारसँग कुनै कुरा जोडिदैन । सरकारसँग एउटै मात्र अनुरोध छ, चाँडो भन्दा चाँडो ह्वाइट लिस्ट लागू होस् ।

पहिला ८० देखि ९० प्रतिशत ग्रे मार्केटबाट आउथ्यो भने अहिले ८०–९० प्रतिशत मोवाइल सेट कानूनी बाटोबाट आउँछ । अहिले पनि १० देखि २० प्रतिशतसम्म मोवाइल सेटहरु ग्रे मार्केटबाट आइरहेका छन्, हाम्रो मुख्य चुनौति नै यही हो । त्यस्ता फोन बिक्रेताले सस्तोमा बेचेर बजार बिगारिरहेका छन्, त्यस्ता फोनहरु अलिक कमसल खालका पनि हुन्छन्, ग्राहकहरुलाई थाहा हुँदैन, किनिदिन्छन् । 

ह्वाइट लिस्ट जारी हुनुपर्ने माग त २ वर्षअघिदेखिकै थियो, कुरा कहाँ गएर अड्किएको हो ?
-नयाँ किसिमको कुरा भएको हुनाले सुरुमा गृहकार्य गर्न समय लाग्यो । केही समयअघि प्राधिकरणले नेपालमा आयात भएका सबै फोनको आइएमआई नम्बर संकलन गर्ने काम पनि गर्यो । सर्भिस प्रोभाइडरहरु तयार नभएका कारणले ढिला हुन गएको हो । र, हामी २–४ दिनभित्र फेरि पनि एउटा डेलिगेसन जाँदैछौ र उहाँहरुको आश्वासन पाएको हिसाबले बुुझ्दा ह्वाइट लिस्ट लागूू गर्न उहाँहरु तयार हुनुहुन्छ । मेरो विचारमा अब एकदुुई महिनाभित्रमै यो लागूू हुन्छ । 

हाम्रा धेरै दाजुुभाई रोजगारीको सिलसिलामा विदेशमा छन् । ह्वाइट लिस्ट लागू भइसकेपछि उनीहरुले आफ्ना प्रियजनलाई उपहारको रुपमा ल्याउने मोवाइल सेटको व्यवस्थापन चाहि कसरी हुन्छ ?
-त्यसका लागि प्यासेञ्जरहरुले आफ्ना लागि ल्याएको एउटा फोनलाई छुट दिनुपर्छ भन्ने हाम्रो पनि मान्यता हो । तर, यसमा पनि चलखेल हुनसक्छ । जस्तो व्यापारीहरु दुुबई एयरपोर्टमा बसेका हुन्छन्, त्यहाँ नेपाली कामदारहरुको साथमा २–२ वटा फोन बोकाएर पठाउँछन्, ती फोनहरु यहाँ संकलन भई बजारमा जाने गर्दछ । यो बाहेक व्यक्तिगत प्रयोजनका लागि वैदेशिक रोजगारीमा जानेहरुले ल्याएको फोनको सवालमा त्यस्ता फोनहरु खरीद गरेको देशको इनभ्वाइस पेश गरेको खण्डमा त्यस्ता फोनलाई पनि ह्वाइट लिस्ट अनुसार आइएमआई नम्बर दर्ता गर्ने भन्ने सम्मको सहमति छ । तर, जो व्यापारीले क्यारिङ गरेर पठाएका हुन्छन्, उनीहरुले २–३ सय फोन किन्छन्, हाम्रा प्यासेञ्जरलाई दिएर पठाउँछन् । त्यस्ता यात्रुुहरुले बिल पेश गर्न सक्दैनन् । 

यसको साथै टुरिस्टहरु पनि नेपालमा आउँछन् मोवाइल फोनसेट बोकेर । उनीहरुले बोकेर ल्याएको मोवाइल फोनमा नेपाली सिम हाल्दा चलेन भने के गर्ने भन्ने कुरा पनि आउला । त्यसमा हामीले इमीग्रेसनमा एनटिएबाट एउटा स्टल राखेर कति दिनसम्म टुरिस्ट आएका हुन्, त्यति दिनसम्म एक्टिभेट गर्ने सिस्टम लागूू गर्ने भनेका छौ । त्यो खालको गृहकार्य पनि भइरहेको छ । 

तपाईका आगामी योजना के छन् ?
सामसङको कुरा गर्नुपर्दा, सर्भिस सेन्टर खोलेका छौ, ब्राण्ड सपहरु पनि छन् । ग्राहकहरुलाई सिकाउन मोवाइल फोन क्याफेमा काउण्टर राखिदिएका छौ । बजारकै कुरा आउँछ फेरि पनि, सरकार प्रति पनि सचेत नागरिक भएको हिसाबले जिम्मेवार हुनुुपर्छ र छौ । चोरीपैठारी भएका फोनहरुलाई बजारमा जान नदिन ह्वाइट लिस्टको कुरा आउँछ । खुल्ला बोर्डरका कारण सरकारले चाहेर पनि नियन्त्रण गर्न गाह्रो छ । कोशिश त गरिरहेको देख्छुु । नेपाल सरकार, अर्थमन्त्रालय, राजश्व, भन्सार विभाग लगायतले बेला–बेलामा बजारमा अनुुगमन गर्ने हो भने पनि त्यस्ता खालका फोनहरु बजारमा जसरी खुल्ला बिक्री भइरहेको छ, त्यो बन्द हुने थियो ।

अहिलेसम्म अनुुगमन नभएकै कारण ग्रे मार्केट फस्टायो भन्ने तपाईको तर्क हो ?
हो, अनुुगमन पटक्कै छैन । यो अत्यन्त जरुरी छ । हावाहुरी चलेजस्तो एउटा ह्वीम आउँछ अनुुगमनको । एकपटक सुनचाँदी पसलमा अनुुगमन गरे । बेला बेला अनुुगमन गरे पनि हुन्छ नि त । त्यही नगरेका कारण मिसावटको मात्रा यति धेरै बढ्दै गयो कि व्यापारीहरुले पनि आखिर छुटै त रहेछ नि यो भन्दै जे पायो त्यही गरे । त्यसपछि एकैपटक यस्तो अनुुगमन भइदियो कि त्यहाँ हाहाकार नै मच्चियो । त्यसपछि फेरि आजसम्म अनुुगमन भएको छैन । त्यसपछि हिजोअस्ती आपूर्ति मन्त्रालयबाट बजार अनुुगमन भयो, जुन हिसाबले भयो, त्यो पनि गलत भयो । जुन प्रकारले २० प्रतिशत भन्दा बढी नाफा लिन पाइदैन भनियो । खुल्ला अर्थतन्त्र छ, हामीले जतिमा बिक्री गर्छौ त्यसको केही हिस्सा सरकारले पनि पाउँछ । हामी भ्याट तिर्छौ । अब आपूर्ति मन्त्रालयले होइन, अर्थमन्त्रालयबाट अनुुगमन हुनुुपर्छ, भ्याट बिल छ कि छैन, जुन मूल्यमा ग्राहकले खरीद गरेको छ, त्यो मूल्यमा भ्याट बिल इस्यूू छ कि छैन त्यो मात्र हेर्ने हो । योभन्दा बढी नाफा खान पाइन्न भन्ने एउटा आवाज अस्ती उठ्यो, यो गलत हो । किनभने म दरबारमार्गको कुरा गर्छु, लाखौ लाख भाडा तिर्नुपर्छ । समग्रमा एउटा सामान बिक्री भएन भने व्यापारीले बैंकबाट लोन लिएर काम गरिरहेको हुुन्छ, १२–१३ प्रतिशत ब्याज तिर्नुपर्छ । एकवर्ष बिक्री भएन भने उसले १२–१३ प्रतिशत त ब्याज नै तिर्नुपर्ने हुन्छ । 

खुल्ला अर्थतन्त्र छ, हामीले जतिमा बिक्री गर्छौ त्यसको केही हिस्सा सरकारले पनि पाउँछ । हामी भ्याट तिर्छौ । अब आपूर्ति मन्त्रालयले होइन, अर्थमन्त्रालयबाट अनुुगमन हुनुुपर्छ, भ्याट बिल छ कि छैन, जुन मूल्यमा ग्राहकले खरीद गरेको छ, त्यो मूल्यमा भ्याट बिल इस्यूू छ कि छैन त्यो मात्र हेर्ने हो । योभन्दा बढी नाफा खान पाइन्न भन्ने एउटा आवाज अस्ती उठ्यो, यो गलत हो ।

तपाईले बजारमा २० रुपैयाँमा मिनरल वाटर पाउनुुहुुन्छ, त्यही मिनरल वाटर फाइभ स्टार होटलमा ३०० रुपैयाँ पर्छ, अब यसलाई कालाबजारी भन्ने कि के भन्ने ? कालोबजारी भन्न मिल्दैन, किनभने उसले ३०० रुपैयाँको भ्याट बिल इस्यूू गरेको छ, उसको खर्च बढी छ । मन्त्रालयको अज्ञानताका कारण दरबारमार्गका व्यापारीलाई अनाहकमा दुःख दिइयो, यो हुनुहुँदैन भन्ने मेरो मान्यता हो । बेला–बेलामा सही ढंगबाट अनुुगमन हुनुपर्छ, बिलबिजक जारी गरेको छ कि छैन हेर्नुपर्छ । 

नाफाको मार्जिन सीमाविहीन हुनुपर्छ भन्ने तर्क पनि त ठीक होइन होला नि ?दरबारमार्गकै कुरा गर्दा १६०० को सामान १६ हजारमा बिक्री गरेको भेटिएको थियो, यो न्याय हो त ?
-तपाईले सही प्रश्न गर्नुभयो, धन्यवाद । १६०० को सामान १६ हजारमा बिक्री गरेर उसले १४४०० नाफा खाएको होइन । यसमा पनि म सरकारको कमजोरी नै भन्छुु । मोवाइल फोनको हकमा त्यो लागूू हुँदैन, किनभने मोवाइल फोनमा शून्य भन्सार छ । अन्य वस्तुको सवालमा चाहि १ हजार पर्ने सामानलाई १०० रुपैयाँको बिल देखाएर उसले ल्याउँछ, पहिलो । भन्दाखेरि उसको अभिलेख अनुसार हेर्दा उसको १०० रुपैयाँ मात्र पर्यो, भन्सार समेत जोड्दा १२० देखि १३० सम्मै पर्यो होला । भन्दाखेरि उसले बिक्री गर्नुपर्ने २०० रुपैयाँमा हो भन्ने बुझिएला । तर, उसको परेको त १००० रुपैयाँ हो नि । बिक्री गर्दा त उसले १००० भन्दा बढीमै बिक्री गर्छ । सरसर्ती हेर्दाखेरि ठूलो ग्याप देखियो त्यहाँ । यथार्थमा ठूलो नाफा खाएको होइन । मोवाइल बाहेकका अन्य वस्तुुहरुमा, भन्सार बढी भएर यस्तो भएको हो । यस्ता खालका वस्तुुहरुमा कस्टम ट्यारिफ घटाइदिएको खण्डमा केही सहज होला । ब्राण्डेड सामान १० हजार समेत पर्छ, चाइनाबाट ल्याउँदा त्यही १०० मा पनि पाइन्छ । यो सबै द्विविधा मात्र हो, नाफा खाएको होइन, सरकारले उचित कदम चालोस् । नेपालमा कस्टम ट्यारिफ घटाउन अति आवश्यक छ । मोवाइल फोनमा बढीमा २५ प्रतिशत नाफा मात्र हुन्छ । एउटा निकायले ५–७ प्रतिशत भन्दा बढी नाफा खाएको देखिन्न । अन्य सामानमा पनि यस्तै सहज अवस्था बनाइदिनुपर्छ । मोवाइल बाहेकका कतिपय सामानको बिक्री छिटो हुँदैन, यस्तो अवस्थामा ती सामानमा १०० प्रतिशत नाफा खानुुलाई म स्वभाविक भन्छुु । 

तपाईले बजारमा २० रुपैयाँमा मिनरल वाटर पाउनुुहुुन्छ, त्यही मिनरल वाटर फाइभ स्टार होटलमा ३०० रुपैयाँ पर्छ, अब यसलाई कालाबजारी भन्ने कि के भन्ने ? कालोबजारी भन्न मिल्दैन, किनभने उसले ३०० रुपैयाँको भ्याट बिल इस्यूू गरेको छ, उसको खर्च बढी छ ।

मोवाइलकै प्रसङ्गमा फर्कियौं, हाम्रो देश आयातमुखी अर्थतन्त्र हो । व्यापार घाटा उच्च छ । भुक्तानी सन्तुुलन पनि न्यून छ । यी सबै अवस्थालाई हेर्दा तपाईहरु जो मोवाइलको आयातकर्ताहरु हुनुहुन्छ, तपाईहरुले नेपालमै मोवाइल उत्पादन गर्ने बिषयमा केही सोच्नुुभएको छ ? यो कत्तिको संभव छ ?
-यस बिषयमा धेरैपटक कुरा उठेको हो । सम्बन्धित मन्त्रालयबाट पनि नेपालमा मोवाइल उत्पादन गर्दा के हुन्छ भन्ने कुरा आएको हो । उद्योग स्थापना गर्नलाई ठूलो खर्च लाग्छ । हामीले सरकारलाई स्पष्ट भनेका छौ । भन्सार शून्य छ, हामीले बिक्री गरेको भ्याटको ४० प्रतिशत सरकारले हामीलाई नै फिर्ता गर्छ । गैरकानूनी आयातलाई कम गर्न कानूनी आयातको प्रोत्साहनका लागि यस्तो सुविधा दिइएको छ हामीलाई । सरकारले बेला–बेलामा हामीलाई तिमीहरुलाई दिइरहेको भ्याट सुविधा अब हामी दिंदैनौ भन्ने कुरा गरिन थालिएको छ । हामीले ह्वाइट लिस्ट जारी गरिदिनुु, जुन दिन यो लिस्ट लागूू हुन्छ त्यस दिनदेखि हामीलाई भ्याट फिर्ता पनि गर्नुपर्दैन, भन्सार पनि केही चार्ज गर्दा हुन्छ भनेर प्रष्ट भनिरहेका छौ । त्यो हुँदाखेरिको अवस्थामा नेपालमा उत्पादन गर्दा संभव हुनसक्छ, तर आज भन्सार नै छैन । जुन वस्तुमा भन्सार नै लाग्दैन, त्यसको उद्योग यहाँ लगाएर तपाईले के नै खर्च उठाउन सक्नुुहुन्छ र ? अर्थै भएन । 

दोश्रो कुरा, आजको दिनमा ब्राण्डेड मोवाइल फोनप्रति ग्राहकको बढी आकर्षण छ । पहिला–पहिला चाइनामा घर–घरमा बनाएका मोवाइल फोन पनि मानिसले किन्थे र बेच्थे । अब बिस्तारै अधिकांशले ब्राण्ड हेर्न थालिसकेका छन् । त्यस्ता ब्राण्डहरु नेपालमा हामीले उत्पादन गर्न पाएको खण्डमा मात्रै संभव हुनसक्छ, हामीले चाइनामा जस्तो आफ्नो ब्राण्ड बनाएर बेच्छुु भन्छौ भने त्यो असंभव कुरा हो । नेपालमा कच्चापदार्थ आयात गरेर फेरि निर्यात गर्ने भन्ने कुरा असंभव हो । कच्चा पदार्थ जे आयात गर्दा पनि हामीसँग समुद्रै छैन । र, मोवाइल फोन कि त सामसङ नै हुनुपर्यो वा अरु ब्राण्ड हुनुुपर्यो । अन्य ब्राण्डको मोवाइल फोन बनाएर हामी निर्यात त गर्न सक्दैनौ । बेच्ने नेपालमै हो । नेपालमा ब्राण्डेड फोन बढी बिक्न थालिसकेको छ, त्यसले गर्दाखेरि मैले यो अहिले संभव देखेको छैन। 

विश्वमा चलेका ब्राण्डहरुले नेपालको अवस्था केही सहज भयो भने उद्योग राखेर यहाँ उत्पादन गरी दक्षिण एशियाको बजार लक्षित व्यापार गर्नसक्ने संभावना चाहि कत्तिको छ? 
-हाम्रो दुुर्भाग्य भनेको हाम्रा दायाबाया ठूला दुुई देश छन्, चाइना र इण्डिया । त्यो सबै काम चाइना र इण्डियाले गरिरहेको छ । हामीमा त्यो संभावना हुन्छ भन्ने मलाई लाग्दैन । हामीले चाहि नेपालमा उत्पादन गरेर नेपाली बजारमै बिक्री गर्ने हिसाबले जान सकौला । भन्सार एकदमै हाई छ, त्यसमा मात्र यो संभावना हुन्छ । भोलिको दिनमा नेपालमा पनि सामसङले आफ्नो प्लान्ट हालिदिएको खण्डमा मात्रै यो संभव होला ।

सरकारले बेला–बेलामा हामीलाई तिमीहरुलाई दिइरहेको भ्याट सुविधा अब हामी दिंदैनौ भन्ने कुरा गरिन थालिएको छ । हामीले ह्वाइट लिस्ट जारी गरिदिनुु, जुन दिन यो लिस्ट लागूू हुन्छ त्यस दिनदेखि हामीलाई भ्याट फिर्ता पनि गर्नुपर्दैन, भन्सार पनि केही चार्ज गर्दा हुन्छ भनेर प्रष्ट भनिरहेका छौ ।

आइएमएस (Integrated Mobility Solutions) ग्रुुपले पछिल्लो समय कुन–कुन क्षेत्रमा लगानी बिस्तार गर्दैछ ?
-हामी अब निकट भविष्यमै होटलमा लगानी गर्दैछौ । किनभने नेपालमा पर्यटनको संभावना निकै ठूलो छ । अहिले देश रेमिट्यान्सले चलिरहेको छ, यो दिगो अर्थतन्त्र होइन । नेपालले अब फोकस गर्ने भनेको पर्यटन नै हो । नेपालमा यति धेरै स्रोतसाधन हुँदाहुँदै पनि अस्थिर सरकारका कारण त्यतापट्टि फोकस हुन सकेन । यहीकारण हामी होटल प्रोजेक्टतर्फ अगाडि बढिरहेका छौ । हामी सर्भिस अपार्टमेन्ट बनाउँदैछौ ९६ वटा कोठाको । ६ महिनाभित्रमा त्यो तयार हुँदैछ । त्यसपछि हाम्रो समूहले धापासीको सहिंसा होटल हालै खरीद गरिसक्यौ । त्यसलाई पनि हामीले अन्तर्राष्ट्रिय स्तरको हेल्थ क्लब, रिसोर्ट बनाउँछौ, त्यहाँ रुम पनि बढाउँदैछौ, त्यो योजना पनि १ वर्षभित्र तयार भइसक्छ । 

हाइड्रो र अटोमोवाइलतर्फ चाहि के गरिरहनुुभएको छ ?
-अटोमोवाइलतर्फ हामीले कोरियन ब्राण्ड साङयोङको काम पनि सुरु गरेका छौ, बिस्तारै यसले माइलेज लिइरहेको छ । अहिले हामीले डेढ वर्ष भयो सुरु गरेको, बिस्तारै बजार बढ्दैछ, हामी सन्तुुष्ट पनि छौ । यो किसिमको बजार बढिरहेको छ । त्योबाहेक हाम्रो एउटा हाइड्रोपावरको काम अगाडि बढिसक्यो, बुढीगण्डकी भन्दा माथि करिब ३६० मेगावाटको आयोजनाको संभाव्यता अध्ययन भइरहेको छ । त्यसमा हामीले विदेशी लगानीका लागि पनि कुरा गरिरहेका छौ । मलाई लाग्छ, एकवर्षभित्र हामीले संभाव्यता अध्ययनको कामहरु सकिन्छ ।

अन्य नयाँ क्षेत्रमा पनि जाने केही सोंच छ कि ?
हामी रियल स्टेटमा पनि छौ । अपार्टमेन्ट त नेपालमा चल्न सकेन, हामीले एउटा डिल्लीबजारमा बनाएका थियौ । अब अपार्टमेन्ट बनाउने सोंचमा छैनौ । अब हामी हाउजिङतिर अगाडि बढ्ने मनशायले केही जग्गाहरु खरीद गरिसकेका छौ ।

बुढीगण्डकी भन्दा माथि करिब ३६० मेगावाटको आयोजनाको संभाव्यता अध्ययन भइरहेको छ । हामी हाउजिङतिर अगाडि बढ्ने मनशायले केही जग्गाहरु खरीद गरिसकेका छौ । 

लामो राजनीतिक संक्रमण अन्त भएको छ । तपाईलाई धेरैले सधैं सत्ताको निकट हुनसक्ने जादूमयी व्यवसायीको रुपमा चिन्छन् । तपाई राज्यको नीति निर्माताहरुसँग निकट बन्नुुभयो सधैं । तपाईको बुुझाईमा अब समृद्धिको युुग सुरु हुन लागेको हो ? विकासका लागि स्वर्णिम युुग आउन लागेको हो ?
-नेपालमा प्रजातन्त्र आएको २७  वर्ष भयो । पहिलोपटक नेपाली जनताले नेपाली कांग्रेसलाई म्याण्डेड दिएर जिताए । बहुमत पायो, दुुर्भाग्य आफ्नो सरकार आफैंले गिरायो नेपाली कांग्रेसले । त्यस दिनदेखि आजसम्म हामीले अस्थिर सरकारहरु नै भोग्यौ । २७ वर्षमा सायद अब २७ औं प्रधानमन्त्री आउँदैछन् । संसारमा कुनै पनि त्यस्तो देश छैन, जहाँ बर्षमा एकपटक प्रधानमन्त्री परिवर्तन भएको होस्, सायद रेकर्ड हेर्ने हो भने नेपालले गिनिज बुकमै समेत स्थान पाउथ्यो होला । र, अहिलेसम्म पनि हामीले नेपाल साच्चै कसले बनाउँछ त भन्ने त्यस्तो राजनेता देखेको छैन र जन्मेको पनि छैन अहिलेसम्म । सबै व्यवस्था देख्यौं, सबै दल देख्यौ, सबै प्रधानमन्त्री पनि देख्यौ । हामीले सबै टेस्ट गरिसक्यौं, अहिलेसम्म सबै फेल भए । हामीलाई चाहिएको स्थिर सरकार हो । स्थिर सरकार भएर मात्र भएन उसको नीति के हो, कुन प्रकारले देशलाई अगाडि बढाउने हो भन्ने कुरा पनि हेर्नुपर्छ । 

आउने सरकारले राम्रो गर्न सकेको खण्डमा ५ वर्ष मात्र होइन, १० वर्षै पनि चलाउन सक्ला । नराम्रो गरेको खण्डमा बाहिर बसेकाहरु फेरि आउने मौका पाउनेछन् । 

अन्तिम मौका नेपालीले पाएका छन् । हामीले बाम गठबन्धनमा बहुमतको सरकार देख्न पाएका थिएनौ । कतिपयले अब नेपालमा कम्युनिजम आउँछ पनि भन्छन्, यसले झनै खत्तम पार्छ इकोनोमी पनि भन्छन् । नयाँ सरकार नआई सेयर बजार चौपट बनाइसके । अन्य देशमा स्थिर सरकार आउने भनेपछि सेयर बजार बढ्छ, तर यहाँ घटाइएको छ । केही अदृश्य शक्तिहरुको खेल हुनसक्छ यसमा । तर, म व्यक्तिगत रुपमा आशावादी छुु । नयाँ सरकार आएपछि जनतालाई आश्वस्त पार्न एउटा घोषणा गर्नुपर्ने देखिन्छ र हुन्छ पनि होला । हामी रिफर्म गर्छौ, देशलाई समृद्धिको बाटोमा लैजान्छौ भनेर उहाँहरुले भन्न सक्नुुपर्छ । हामी निजी क्षेत्रसँग मिलेर अगाडि बढ्छौ भनेर उहाँहरुले भनेको  कुरा मैले सुनेको छुु । यसले गर्दा म एकदमै आशावादी छुु । अब आउने सरकारले राम्रो गर्न सकेको खण्डमा ५ वर्ष मात्र होइन, १० वर्षै पनि चलाउन सक्ला । नराम्रो गरेको खण्डमा बाहिर बसेकाहरु फेरि आउने मौका पाउनेछन् ।