काठमाण्डौ । नेपाल टेलिकमले उपभोक्ताको हितलाई ध्यानमा राखी ‘एनटी प्रो’ सेवा उपलब्ध गराउने भएको छ ।

यो सेवा प्रयोग गरी नेपाल वा विदेशबाट समेत जिएसएम नेटवर्क बाहिर भएको, तर कुनै इन्टरनेट जोनभित्र रहेको अवस्थामा आफ्नै पोस्टपेड मोबाइलमार्फत विश्वभर कल गर्न वा कल प्राप्त गर्न सकिने टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन । 

यो सुविधा प्रयोग गर्न पहिले इन्टरनेटको प्रयोग गरी आफ्नो जीएसएम पोस्टपेड मोबाइल मार्फत ‘एनटी प्रो’ अकाउण्ट खोल्नुपर्छ । यसका लागि एप्पल एप स्टोर र गुगल प्ले स्टोरबाट एनटी प्रो एप डाउनलोेड गर्न सकिन्छ । कगद लतउचय टाईप गरी १४२८ मा एसएमएस गरेपछि प्राप्त युजर नेम र पासवर्ड प्रयोग गरी यो सेवा उपयोग गर्न सकिन्छ । 

विदेशमा जाँदा रोमिङ सुविधा नलिई नै नेपालमा कल गर्न समेत यसको प्रयोग गर्न सकिन्छ । यो सेवा रोमिङ सेवाको सजिलो विकल्पको रुपमा रहेको छ । एनटी प्रोबाट एनटी प्रोमा निःशुल्क कल गर्न सकिन्छ । ‘एनटी प्रो’बाट कल गर्दा वा रिसिभ गर्दा नेपाल टेलिकमको जीएसएम पोष्टपेड नम्बर नै कायम रहनेछ ।

यसबाट कम्पनीको नेटवर्कमा फोन गर्दा र कम्पनीको नेटवर्कबाट एनटी प्रोमा कल रिसिभ गर्दा प्रतिमिनेट रु. ६।– शुल्क लाग्ने टेलिकमले बताएको छ । त्यसैगरी, यसबाट अन्तर्राष्ट्रिय कल गर्दा कम्पनीको विद्यमान अन्तर्राष्ट्रिय महसुल दर भन्दा रु. ६।– बढी शुल्क लाग्नेछ । 

यो सुविधा लिएबापत मासिकरु. १००।– शुल्क लाग्छ । यी शुल्कहरुमा नियमानुसारको कर भने समावेश नहुने प्रवक्ता वैद्यले जानकारी दिइन ।