काठमाण्डौ । महिलाहरुलाई सूचना प्रविधिको क्षेत्रमा प्रोत्साहन गर्न र उनीहरुले यस क्षेत्रमा पुर्याएको योगदानको सम्मान गर्न एनसेलले वुमन आइकन आईसीटी अवार्ड प्रदान गर्ने भएको छ।

शुक्रबार द सोल्टी काठमाण्डौमा आयोजना हुने नेपालकै प्रतिष्ठित आईसीटी अवार्डको ग्राण्ड फिनाले कार्यक्रममा एनसेलले उक्त अवार्ड प्रदान गर्ने भएको हो।  

‘एनसेल वुमन आइकन आईसीटी अवार्ड’ विजेतालाई ३ लाख नगद पुरस्कार र सम्मानपत्र प्रदान गरिने जनाइएको छ।

एनसेलले विगत २ वर्षदेखि सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा लागेका महिलाहरुलाई सम्मान र उत्प्रेरित गर्न वुमन आइकन आईसीटी अवार्ड प्रदान गर्दै आएको छ। 

गतवर्ष नेपालको पहिलो महिला कम्प्युटर इन्जिनियर गुण केशरी प्रधान ‘एनसेल वुमन आइकन आईसीटी अवार्ड’बाट सम्मानित भएकी थिइन्।

महिलाहरुलाई सूचना प्रविधिको क्षेत्रमा प्रोत्साहन तथा उनीहरुले यो क्षेत्रमा पुर्याएको योगदानको कदर गर्न कम्पनीको विविधता, समानता र समावेशीकरण अर्थात डाइभर्सिटी, इक्विटी एन्ड इन्क्लुशन (डीईआई) नीतिअनुरुप एनसेलले आईसीटी अवार्डमा आवद्ध भई यो अवार्ड प्रदान गर्दै आएको छ। 

आउँदो पुस ८ गते द सोल्टी काठमाण्डौमा सरकारी र निजी क्षेत्रका उच्च व्यक्तित्वहरुको सहभागीतामा आईसीटी अवार्डको ग्राण्ड फिनाले हुँदैछ। उक्त फिनालेमा वुमन आइकनसहित १२ बढी विधामा आईसीटी अवार्ड वितरण गरिँदैछ।