काठमाण्डौ । दक्षिण अफ्रिकामा देखिएको कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को जोखिम बढेपछि सरकारले उच्च सतर्कता अपनाउने तयारी गरेको छ। 

नयाँ भेरियन्टको रोकथाम लागि पूर्वतयारी गर्न कोभिड संकट व्यवस्थापन समन्वय समिति (सीएमसीसी) को बैठक बस्दैछ। बैठकमा नयाँ भेरिन्यट संक्रमण हुनबाट कसरी सतर्कता अपनाउनेबारे छलफल हुने बताइएको छ। 

बैठकमा नयाँ भेरियन्टको पहिचान तथा रोकथाम लागि सीमा नाकामा कडाइ तथा अन्तर्राष्ट्रिय उडानबारे छलफल हुने सीएमसीसी स्रोतले बतायो। 

दक्षिण अफ्रिकामा देखिएको नयाँ भेरियन्ट नेपालमा आउन सक्ने भन्दै स्वास्थ्य  मन्त्रालयले दक्षिण अफ्रिका हुँदै आउनेलाई अनिवार्य रुपमा क्वारेन्टिन बस्न आग्रह गरिसकेको छ।