– रेखा चन्द

काठमाण्डौ । राष्ट्रियस्तरका आठवटै विकास बैंकहरुले चालुु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय वितरण आज सार्वजनिक गरेका छन्। 

अघिल्लो वर्षको सोही अवधिमा आकर्षक नाफा आर्जन गरेका बैंकहरुको यस वर्षको पहिलो त्रैमासमा नाफामा गिरावट आएको छ। राष्ट्रियस्तरका ८ वटा विकास बैंकमध्ये शाइन रेसुुंगा र सांग्रिला डेभलपमेन्ट बैंकको मात्रै खुुद नाफा सामान्य बढेको छ। अन्य ६ विकास बैंकको भने घटेको छ। 

खुद नाफामा मात्रै नभई वितरणयोग्य नाफामासमेत ह्रास आएको छ।

सबै सूूचकमा बलियो मानिएको मुक्तिनाथ विकास बैंकको नाफामा सामान्य गिरावट आएको छ। चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको नाफा ३० करोड ७४ लाख रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्षको यही अवधिमा ३४ करोड ५५ लाख रुपैयाँ खुद नाफा आर्जन भएको थियो। 

यस्तै गरिमा विकास बैंकको खुद नाफा पनि घटेको छ। गत वर्षको सोही अवधिको तुलनामा १४ करोड २५ लाख रहेको खुद नाफा घटेर १३ करोड २९ लाखमा सीमित भएको हो। 

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा महालक्ष्मी विकास बैंकको खुद नाफामा भने भारी गिरावट आएको छ। गत वर्षको सोही अवधिको तुलनामा ४८.२३ प्रतिशतले घटेर ११ करोड ९३ लाख रुपैयाँमा सीमित भएको छ। 

कामना सेवा विकास बैंकको खुद नाफा ७६.३५ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष यही अवधिमा बैंकले १७ करोड ५७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेकोमा समीक्षा अवधिमा घटेर ४ करोड १५ लाख रुपैयाँमा कायम भएको छ। 

ज्योति विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशित गर्दै खुद नाफा घटेको जनाएको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको खुद नाफा १० करोड ९८ लाख रुपैयाँमा सीमित भएको छ। गत वर्षको सोही अवधिमा बैंकले २१ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। 

त्यसैगरी चालु आर्थिक वर्षको पहिलो त्रैमासमा लुुम्बिनी विकास बैंकको खुद नाफा घटेर ७ करोड १० लाख रुपैयाँमा सीमित भएको छ। गत वर्षको सोही अवधिमा बैंकले कुल २१ करोड ३१ लाख रुपैयाँ खुुद नाफा आर्जन गरेको थियो। 

समीक्षा अवधिमा शाइन रेसुंगाको वितरणयोग्य मुनाफा बढेर १ करोड २३ रुपैयाँ पुुगेको छ। अघिल्लो वर्षमा यस्तो मुनाफा ४३ करोड २८ लाख रुपैयाँमा सीमित थियो। 

यता शाइन रेसुुंगाले भने यो अवधिमा ४१.९२ प्रतिशतले खुद नाफा बढाएर २० करोड ९१ लाख रुपैयाँ आर्जन गरेको छ। गत वर्षको सोही अवधिमा बैंकले १४ करोड ७३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। 

यस्तै सांग्रिला डेभलपमेन्ट बैंकको नाफा पनि सामान्य वृद्धि भएको छ। चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा ५ करोड ५३ लाख नाफा गरेको बैंकले गत वर्षको ३ महिनामा ५ करोड ४४ लाख खुद नाफा आर्जन गरेको थियो। 

कामना सेवाको अघिल्लो वर्षको तेस्रो त्रैमासमा वितरणयोग्य मुनाफा आकर्षक तरिकाले वृद्धि भएर १ करोड ७८ रुपैयाँमा पुुगेको छ। यस्तै मुुक्तिनाथ, लुुम्बिनी, सांग्रिला डेभलपमेन्ट बैंकको वितरणयोग्य मुनाफा क्रमशः ८१ करोड ४७ लाख रुपैयाँ, ४० करोड २१ लाख रुपैयाँ, २६ करोड १ लाख रुपैयाँमा सीमित भएको छ। महालक्ष्मी, ज्योति र गरिमाको वितरणयोग्य मुनाफा ऋणात्मक रहेको छ। ती बैंकका वितरणयोग्य मुनाफा क्रमशः २२ करोड ७० लाख रुपैयाँ, २२ करोड २३ लाख रुपैयाँ र ८ करोड २२ लाख रुपैयाँले ऋणात्मक रहेको छ।

लामो समयदेखि वित्तीय प्रणालीमा लगानी योग्यरकमको अभाव छ। जसले गर्दा बैंकहरुलाई नयाँ कर्जा दिन समस्या छ भने पुुरानो कर्जालाई पनि उठाउन सकिरहेको अवस्था छैन। 

डेभलपमेन्ट बैंकर्स एसोसियसनका अध्यक्ष एवं मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रद्युम्न पोखरेल ऋणीहरुलाई कर्जा तिर्ने अवस्था सहज नहुँदा अधिकांश बैंकको खुद नाफा तथा वितरणयोग्य नाफामा गिरावट आएको बताउँछन्। बैंकहरुले वर्षौंदेखि कारोबार गर्दै आएका ऋणीहरुलाई लगेको कर्जा तिर्नैपर्छ भनेर दबाब दिन सक्ने अवस्था नरहेकाले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा त्यसको प्रभाव परेको उनको भनाइ छ। 

सीईओ पोखरेलका अनुुसार अन्य विविध कारणको प्रभाव पनि बैंकको वित्तीय विवरणमा देखिएको छ। आयातमा गरिएको कडाइले त्यसमा आबद्ध व्यक्तिको रोजगारी गुम्दा तथा जग्गाको कित्ताकाट रोकिएकोलगायतले पनि बैंकिङ प्रणालीमा प्रभाव परेको उनको भनाइ छ।

गरिमा विकास बैंकका सीईओ गोविन्दप्रसाद ढकाल प्रवाह भएको कर्जाको ब्याज नउठेका कारण पनि खुुद नाफा घट्नुुको मुख्य कारण रहेको बताउँछन्। विशेषगरी उद्योग–व्यवसायमा गएको कर्जाको ब्याज नउठेकाले यस्तो भएको उनको भनाइ छ। ‘ऋण असुुली नहुँदा बैंकहरुको नाफा घट्न गयो। समयमा व्यापारीहरुले पनि कर्जाको ब्याज तिर्न सकेनन् नै भन्नुपर्छ’, ढकालले भने।