काठमाण्डौ । अमेरिकी वरिष्ठ कोरोना विशेष तथा ह्वाइटहाउस कोरोनाभाइरस टास्क फोर्सका सदस्य डा एन्थनी फाउचीले आउँदो अक्टोबरसम्म कोरोनाविरुद्धको भ्याक्सिन आउने निकै सम्भावना कम रहेको बताएका छन्।

अहिले अमेरिकामा कोरोनाविरुद्धको भ्याक्सिन अक्टोबरसम्म आउने  सम्भावना रहेको भन्दै चर्चा चल्न थालेपछि डा फाउचीले यस्तो स्पष्टोक्ति दिएका हुन्। उनले यो असम्भव भने नरहेको उल्लेख गरेका छन्।

सीएनएनसँगको अन्तर्वार्तामा डा फाउचीले कोरोनाविरुद्धको भ्याक्सिन नोभेम्बर र डिसेम्बरको बीचमा आउन सक्ने धेरैलाई विश्वास रहेको पनि बताए। अब कहिलेसम्म विश्वले कोरोनाविरुद्धको भ्याक्सिन पाउँछ त भन्ने सञ्चारकर्मीको जिज्ञासामा फाउचीले भने, ‘अक्टोबरसम्म भ्याक्सिन आउँछ कि भन्ने अनुमान लगाइँदैछ तर मलाई त्यस्तो सम्भावना कमै रहेकोजस्तो लाग्छ।’ – एजेन्सी