डकहम्स(DUCKHAMS), विश्वमै स्थापित गुणस्तरीय इञ्जिन ओयल हो । डकहम्सको गुणस्तरीय इञ्जियन ओयल २ वर्षअघि ओटेक ट्रेड प्रालिले नेपाल भित्र्याएको थियो । नेपाल भित्र्याएको ७ दिनमै कोभिड प्रकोपका कारण लकडाउन हुँदा कम्पनीका अन्य योजना प्रभावित बन्न पुगे । २ वर्षको अन्तरालमा आवश्यक अधिकांश नेटवर्क तयार गरी तथा अन्य पूर्व तयारी समेत सकेर ओटेकले केही दिनअघि डकहम्स लुब्रिकेन्टको काठमाण्डौमा भव्य लञ्चिङ पनि गरेको छ । डकहम्सको नेपालका लागि आधिकारिक बिक्रेता ओटेक ट्रेडका कार्यकारी निर्देशक बिन्यास न्यौपानेसँग विश्वस्थापित लुब्रिकेन्ट ब्राण्डलाई नेपालका कुना–कुनामा पुर्याउने लगायतका विषयमा केन्द्रीत रहेर बिजशालाले कुराकानी गरेको छ । प्रस्तुत छ कुराकानीको सम्पादित अंश:

केही समयको ग्यापपछि डकहम्स फेरि नेपाल आएको छ । बजारको प्रारम्भिक प्रतिक्रिया कस्तो पाउनुभएको छ ?
-एकदमै राम्रो प्रतिक्रिया आइरहेको छ । हामीले सुरुमै मार्केट सर्भे गरेका थियौं । सो क्रममा युवाहरुमा पनि डकहम्सप्रति अचम्मको आकर्षण देखियो । कसैले यो प्रडक्ट ‘इञ्जिनका लागि जडीबुटी हो’ भने, कसैले ‘यो गाडीका लागि राम्रो इञ्जिन ओयल हो’ भने । कतिपयमा ‘नेपाल आएर बीचमा किन हरायो’ भन्ने चिन्ता पनि देखियो । समग्रमा हामीले ज्यादै राम्रो रेसपोन्स पाएका छौं । नराम्रो भन्ने मान्छे एकजना पनि पाएनौं । डकहम्सको ब्राण्ड इक्वीटी गज्जबकै देखिएको छ । 

डकहम्स लुब्रिकेन्ट्स नेपालभर पुर्याउनका लागि कसरी तयारी गरिरहनुभएको छ ? नेटवर्क विस्तार गरिसक्नुभयो  ?
-धेरैजसो नेटवर्क तयार भइसक्यो । दुई वर्षअघि नै हामीले डकहम्स नेपाल ल्याएका थियौं । तर, नेपाल ल्याएको ७ दिनमै कोभिडका कारण लकडाउन भयो । यहीकारण २ वर्षसम्म हामीले भनेजस्तो काम गर्न पाएनौं । तर, त्यो अवधिदेखि नै हामीले नेटवर्क विस्तारलाई प्राथमिकतामा राखेका थियौं । अब ७५ प्रतिशतभन्दा बढी नेटवर्क तयार गरिसकेका छौं । 

बि टू बीमा हामी यो वर्ष राम्रोसँग काम गर्छौ र यही वर्षको दोश्रो क्वार्टरदेखि हामी फूल फेजको सेल्स सुरु गर्छौं ।

नेपाली बजारमा अन्य लुब्रिकेन्ट्स पनि छन् । विदेशबाट आउने लुब्रिकेन्ट्स पनि उत्तिकै छन् । डकहम्स के कारणले अरुभन्दा उत्कृष्ट हो ?
-सबै ब्राण्डको आ–आफ्नो विशेषता हुन्छ । ब्राण्ड आफैंमा एउटा विशेषता हो । चलेका ब्राण्डको केही न केही विशेषता भएर नै यो लेभलमा आएको हो । हामी अरुसँग तुलना चाहिँ गर्दैनौ, तर हाम्रो क्वालिटी नै हाम्रो विशेषता हो । डकहम्सको इञ्जिन ओयल बनाउँदा जे प्रयोग हुन्छ, त्यो नै गुणस्तरीय छ । दुबईमा जुन गुणस्तरको डकहम्स बन्छ र प्रयोगमा आउँछ, त्यही गुणस्तरको तेल नेपाल आउने हो । विश्वभर चिनिएको ब्राण्ड हो । क्यास्ट्रोल र हाम्रो क्वालिटी बराबरजस्तो भइसक्यो । नेपाली र इण्डियन ब्राण्ड त हाम्रो प्रतिस्पर्धामै छैनन् । उत्कृष्ट भनिएका ब्राण्डको क्वालिटी र हाम्रो क्वालिटी उस्तै छ । इण्डिया र नेपालमा उत्पादितभन्दा त हाम्रो राम्रो क्वालिटी छ । 

नेपालका सडकहरु त्यति व्यवस्थित छैनन् । खाल्डाखुल्डी र अनेक अवरोधलाई छिचोल्दै आफ्नो सवारी साधन चलाउनुपर्ने बाध्यता छ । नेपालको यस्ता सडकमा गुड्ने सवारी सुहाउँदो लुब्रिकेन्ट हो डकहम्स ?
-नेपालका लागि झनै चाहिने लुब्रिकेन्ट हो डकहम्स । किनभने नेपालको सडक जस्तो खालको छ, त्यसका लागि उपयुक्त लुब्रिकेन्ट नै डकहम्स हो । डकहम्सको प्रयोगले सवारी चल्दा इञ्जिनको घर्षण कम गराउँछ । नेपालका रोडहरुमा गुड्ने सवारीमा अनिवार्य रुपमा क्वालिटी ओयल प्रयोग गर्नुपर्छ । त्यसको एउटा उत्कृष्ट विकल्प डकहम्स हो । किनभने यहाँका रोडहरुकै कारण गाडीका इञ्जिनका पिस्टनहरुको आयु कम हुन्छ । तपाईले किनेको गाडीको मूल्य बीसौं लाख हुन्छ, मोटरसाइकल पनि लाखौं रुपैयाँको हुन्छ । तर, त्यस्ता सवारीमा प्रयोग गर्ने लुब्रिकेन्ट चाहिँ सस्तो र गुणस्तरहीन पर्यो भने तपाईको लगानी जोखिममा पर्नसक्छ । ५–७ वर्षसम्म त तपाईको सवारी राम्रै चल्छ पनि होला, तर राम्रो इञ्जिन ओयल हाल्नुभएन भने त्यसको आयु घट्छ । उदाहरणका लागि ७ वर्षको अवधिमा तपाईको सवारी साधनको २१ पटक इञ्जिनको सर्भिस गर्नुहुन्छ भने डकहम्सको प्रयोगले १५ पटक मात्र इञ्जिनको सर्भिसिङ गरे पुग्छ । गुणस्तरहीन इञ्जिन ओयल प्रयोग गरियो भने मोटरबाइक र गाडीको पिस्टोन छिटो खिइने लगायतका थुप्रै समस्या आउँछन् । गाडीको परफरमेन्स घट्छ । आयु पनि घट्छ । 

डकहम्स जस्तो गुणस्तरीय लुब्रिकेन्टको कार्बन उत्सर्जन, प्रदूषण नियन्त्रणमा कस्तो भूमिका हुन्छ ?
-यूरोपियन स्ट्याण्डर्डअनुसार डकहम्स बनाइन्छ । यो तयार गर्दा यूरोपियन स्ट्याण्डर्ड अनुसारकै कार्बन इमिसनलाई पनि ध्यानमा राखिएको हुन्छ । त्यही खालका कम्पोनेन्टहरु प्रयोग गरेर यो लुब्रिकेन्ट तयार हुन्छ । त्यसकारण डकहम्सको प्रयोगले कार्बन उत्सर्जन र प्रदूषण नियन्त्रणमा निकै ठूलो भूमिका खेल्छ । 

मूल्य कत्तिको प्रतिस्पर्धी छ ?
-मूल्यमा पनि हामी प्रतिस्पर्धी छाौं । प्रिमियम सेग्मेन्टको लुब्रिकेन्ट्समा हाम्रो मूल्य प्रतिस्पर्धी छ । यूजरहरुलाई फिजिवल हुने प्राइस लिएर आएका छौं । भारतीय र नेपाली सेग्मेन्टभन्दा हाम्रो मूल्य केही माथि छ, त्यो स्वभाविक पनि हो । तर, प्रिमियम सेग्मेन्टमा हामी माथि छैनौं, बाहिरबाट आउने अन्य तेलभन्दा हाम्रो मूल्य कम नै छ । अन्तराष्ट्रिय र गुणस्तरीय ब्राण्डमध्ये सबैभन्दा कम मूल्य नै हाम्रो हो । 

विश्वमै स्थापित र गुणस्तरीय लुब्रिकेन्ट्स डकहम्स नेपाली बजारमा लिएर आउनुभएको छ । लुब्रिकेन्ट्सको मार्केट सेयरमा आगामी केही वर्षपछि तपाईहरुको स्थान कहाँ होला ?
-सुरुवातमा हामीले सकभर ‘सबैले क्वालिटी ओयल प्रयोग गरौं’ भन्ने मुख्य टार्गेट र फोकस गर्छौ । यो विषयमा सबै प्रतिबद्ध हुनुभयो भने उहाँहरुको सवारी साधनको इञ्जिनको आयु बढ्छ । हामी प्रत्येक जनता र ग्राहकसम्म गुणस्तरीय इञ्जिन ओयल प्रयोग गर्ने सन्देश बोकेर पहिला पुग्नेछौं । त्यसपछि मेकानिक्सहरुलाई पनि यो विषयमा जागृत गरी डकहम्सको बजार बिस्तारको कामलाई आक्रामक ढंगले अगाडि बढाउनेछौं । 

अहिले अटो मार्केट इभी केन्द्रीत भएको छ ?इभीका लागि आवश्यक कम्पोनेन्ट्सहरु तपाईहरुसँग छ कि छैन ?
-अहिले तत्काल विद्युतीय सवारी(इभी)का लागि आवश्यक कम्पोनेन्ट हामीसँग छैन । तर, कुल्याण्ड लगायतका प्रडक्टहरु डकहम्ससँग छ । हामी बिस्तारै त्यस्ता प्रडक्ट पनि नेपाल भित्र्याउँछौं । 

तपाईको कम्पनीको नेपाल केन्द्रीत आगामी योजना चाहिँ के–के छन् ?
-डकहम्सलाई आक्रामक रुपमा अगाडि बढाउँछौं । हामीले डिजीटल्ली नेटवर्क पनि बनाइरहेका छौं । डिजीटल सिस्टमको माध्यमबाट प्रत्येक प्रयोगकर्तामा क्वालिटी ओयल पुगोस् भन्ने उद्देश्य छ । हामी एप्सबाट सेल्स सुरु गर्ने कुरामा आगाडि बढिसकेका छौं । यसलाई राम्रोसँग कार्यान्वयन गरेर लैजानेछौं । त्यो एप्समै मेकानिक्स र प्रयोगकर्तालाई जोड्छौं । 

ग्राहकले लुब्रिकेन्ट्स छान्दा के–के कुरामा ध्यान दिने ? 
-पहिला त जनतालाई गुणस्तरीय लुब्रिकेन्ट चुज गर्ने बनाउनुपर्नेछ । तपाईको सवारी साधनको म्यानुअलले कस्तो तेल हाल्नु भनेको छ, त्यो हेर्न जरुरी छ । कुन ग्रेड इञ्जिन ओयल हाल्ने भन्ने कुरा म्यानुअलमा हुन्छ । उदाहरणका लागि कतिपय ग्राहकले क्यास्ट्रोलको जिटीएक्स दिनु त भन्छन्, अनि त्यो मोटरकसाइलमा हाल्छन् । तर, त्यो लुब्रिकेन्ट्स त गाडीका लागि हो । मोटरसाइकल हुनेले एक्टिभो भन्ने आयल हाल्नुपर्यो नि । भोलि हाम्रोमा पनि त्यस्तो नहोस् भन्ने कुरामा हामी सचेत छौं । म्यानुअलले कुन ग्रेड भनेको छ, त्यही ओयल हाल्नुपर्छ । ग्रेड आफूलाई थाहा हुनुपर्छ । त्यसपछि भनेको क्वालिटीमा जाने हो । यत्ति भयो भने मात्र आफूले लगानी गरेको साधनको राम्रो हेरचाह हुन्छ । 

विश्वस्थापित लुब्रिकेन्ट्सको ब्राण्ड नेपालमा भित्र्याउँदै गर्दा चुनौति चाहिँ के–के देख्नुभयो ?
-पहिलो कुरा जनचेतनाको कमी देखियो । मेकानिक्सहरुमा पनि जनचेतनाको कमी नै देखियो । ब्राण्डमा जाने, तर ग्रेडमा नजाने समस्या देखियो । एउटाको ठाउँमा अर्को तेल हाल्दा समस्या हुन्छ भन्ने कुराको ज्ञान नै देखिएन ।  

अर्को, गाडीका आयातकर्ताहरुले आफ्नै ओयल लिएर आउँछन्, त्यसमा उसले टाइअप गरिदिन्छ । त्यसले हाम्रो अवसरलाई प्रभावित पार्ने रहेछ । अहिले ६० प्रतिशत मार्केट टाइअप भएर बसिसकेको छ । अब ४० प्रतशित हाम्रो मार्केट हो । स्टेकहोल्डरहरु सचेत हुन आवश्यक छ ।

जनचेतनामार्फत गुणस्तरीय तेलप्रतिको झुकाव बढाउनुपर्ने जरुरी देख्छु म । यो नै ठूलो चुनौति हो । 

अर्को देशको सिचुएसन पनि चुनौति हो । लिमीटेड मार्केटमा फोकस गर्नुपर्ने चुनौतिको त मैले अघि नै कुरा गरिसकेँ । हाम्रो बजारमा ग्याप छ, त्यसलाई फुलफील गर्नुपर्ने हुन्छ । ब्राण्ड पहिल्यै स्थापित भइसकेको हो । अब मानिसहरुलाई पुरानै डकहम्स हो भन्नेमा पनि सहमत गराउन जरुरी छ ।