काठमाण्डौ । नबिल म्युचुअल फन्डअन्तर्गत सञ्चालन हुने बन्दमुखी योजना ‘नबिल ब्यालेन्सड् फन्ड–३’ मा आवेदन दिने आज भदौ २९ गते अन्तिम दिन रहेको छ।
कोष प्रवर्द्धक नबिल बैंक र योजना व्यवस्थापक नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड रहेको यस योजनामा कुल १० करोड इकाइको गत भदौ २५ गतेबाट सार्वजनिक निष्कासन गरिएको हो। नबिल इन्भेस्टमेन्ट बैंकिङले निष्कासन गरेको कुल इकाइमध्ये कोष प्रवर्द्धक नबिल बैंकलाई १४ प्रतिशत वा न्यूनतम १ करोड ४० लाख इकाई सुरक्षित गरिएको छ भने १ प्रतिशत अर्थात १० लाख इकाइ योजना व्यवस्थापक नबिल इन्भेस्टमेन्ट बैंकिङलाई सुरक्षित गरिएको छ। बाँकी रहेको ८ करोड ५० लाख इकाइ खरिदका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।
नबिल इन्भेस्टमेन्ट बैंकिङको यो चौथो म्युचुअल फन्ड हो। यो १० वर्षे अवधिको बन्दमुखी म्युचुअल फन्डमा न्यूनतम १०० देखि १ करोड इकाइसम्मका लागि आवेदन दिन सकिनेछ ।
धितोपत्र बोर्डबाट आस्बा अनुमति लिएका सबै बैंक तथा बित्तीय संस्थाबाट वा मेरो सेयरबाट समेत इच्छुकले इकाइ खरिदका लागि आवेदन दिन सक्नेछन्।
हिजो दिउँसो पौने ५ बजेसम्म यस योजनामा १ लाख ४ हजार ८४९ आवेदकबाट करिब १२ करोड ८६ लाख ९५ हजार ९४० इकाइ खरिदका लागि आवेदन परेको नबिल इन्भेस्टमेन्ट बैंकिङले जनाएको छ। जुन मागभन्दा १.५१ गुणा बढी हो।
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago