काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ‘नेपाल लाइफ समुन्नत जीवन’ जीवन बीमा योजना मंगलबार सार्वजनिक गरेको छ। 

कम्पनीले समयसापेक्ष ग्राहकको चाहना तथा अभिकर्ताहरुको सुझावलाई मध्यनजर गर्दै नयाँ–नयाँ जीवन बीमा योजनाहरु ल्याउने क्रममा ‘नेपाल लाइफ समुन्नत जीवन’ जीवन बीमा योजना यहाँहरु माझ प्रस्तुत गरेको हो। यो जीवन बीमा योजना मुनाफामा सरिक हुने सावधिक जीवन बीमा हो। 

विकासोउन्मुख देश र भौगोलिक बनावटका कारणबाट नेपालको जीवन यापनमा जोखिम रहेको पाइन्छ। विकासको गति बढेसँगै ठूलठूला परियोजना, हाइड्रोपावर, भवन निर्माणलगायतका निर्माण कार्य तीव्रगतिमा अघि बढेका छन्। यस्तो विकास निर्माणका काममा जोखिम बढी रहेको हुन्छ। यसका साथै अन्य जोखिमयुक्त पेसाहरु जस्तै– डाक्टर, इन्जिनियर, बाइक राइडर, फ्याक्ट्री वर्करदेखि लेबरसम्मका पेसा अपनाउने व्यक्तिहरुलाई लक्षित गरेर यो ‘नेपाल लाइफ समुन्नत जीवन’ जीवन बीमा योजना ल्याएको हो। यसरी बढी जोखिमयुक्त पेसामा लागेका व्यक्तिको एउटै बीमालेखबाट अधिकतम जोखिम वहन गर्ने विशेषता भएको बीमा योजनाको माग भएको सर्वेक्षणका आधारमा कम्पनीले ‘नेपाल लाइफ समुन्नत जीवन’ जीवन बीमा योजना यहाँहरुमाझ ल्याएको हो।

यस बीमा योजनाको मुख्य आकर्षण भनेको बीमा अवधिभित्र बीमितको दुर्घटनाका कारण मृत्यु भएमा बीमांक रकमको तेब्बर र आर्जित बोनस बीमितका इच्छाइएको व्यक्तिले भुक्तानि प्राप्त गर्न सक्नु हो। 

यो बीमालेख १८ वर्षदेखि ६० वर्ष उमेर समुहका व्यक्तिले लिन सक्नेछन्। ५ वर्षदेखि अधिकतम ३० वर्र्षसम्म अवधिको बीमा लिन सकिने छ भने १८ वर्ष देखि ६० वर्षसम्मै घातक रोग उपचार खर्च योजना ऐच्छिक सुविधा लिन सकिनेछ। अतिरिक्त बीमाशुल्क तिरेर बीमांक रकम बराबर वा अधिकतम रु. ५ लाखसम्मको घातक रोग उपचार खर्च योजनामा सामेल हुन सकिनेछ।

यो बीमालेखको बीमा समाप्ति अधिकतम ६५ वर्ष उमेरमा हुनेछ। रु. ५० हजारदेखि रु. १ करोडसम्मको बीमांक रकमको बीमा गर्न सकिनेछ। 

वार्षिक, अर्धवार्षिक, त्रैमासिक र मासिक रुपमा बीमा शुल्क भुक्तानी गर्न सकिने ‘नेपाल लाइफ समुन्नत जीवन’ जीवन बीमा योजनामा वार्षिक बीमा शुल्क तिर्ने तरिका लिँदा १ छुट, त्रैमासिक बीमा शुल्क तिर्ने तरिका लिँदा ३ प्रतिशत थप र मासिक बीमा शुल्क तिर्ने तरिका लिँदा ६ प्रतिशत थप लाग्नेछ भने अर्धवार्षिक बीमा शुल्क तिर्ने तरिका लिँदा प्रीमियममा थप घट हुने छैन।

बीमालेख चालु रही बीमा अवधि समाप्त मितिसम्म बीमित जीवित रहेमा बीमा अवधि समाप्ीिको अन्त्यमा बीमांक रकम+आर्जित बोनस एकमुष्ट बीमितलाई भुक्तानी दिइनेछ। 

बीमालेख चालु रही बीमा अवधिभित्र जुनसुकै कारणबाट (बीमालेखअन्तर्गत नपर्ने जोखिमहरुबाहेक) बीमितको मृत्यु भएमा दुईगुणा बीमांक रकम+आर्जित बोनस एकमुष्ट बीमितको इच्छाइएको व्यक्तिलाई भुक्तानी दिइने छ।

बीमा अवधि भित्र बीमितको दुर्घटनाको कारणबाट मृत्यु भएमा बीमालेखमा उल्लेख भएको तीनगुणा बीमांक रकम+आर्जित बोनस रकम एकमुष्ट बीमितको इच्छाइएको व्यक्तिलाई भुक्तानी दिइनेछ। यदि कदमकदाचित बीमालेखलाई निरन्तरता दिन नसक्ने अवस्था आएमा वार्षिक ३ किस्ता बीमाशुल्क भुक्तानी गर्नुका साथै बीमा प्रारम्भ मितिबाट ३ वर्ष पूरा भएपश्चात समर्पण मूल्य प्राप्त गर्न सकिनेछ।

वार्षिक ३ किस्ता बीमाशुल्क भुक्तानी गर्नुका साथै बीमा प्रारम्भ मितिबाट ३ वर्ष पूरा भएपश्चात बीमालेखलाई धितो राखी समर्पण मूल्यको ९० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सकिनेछ।