काठमाण्डौं । बैंक इण्टीग्रेसनमा धितोपत्र दलाल व्यवसायी(स्टक ब्रोकर)हरुले असहयोग गरिरहेका नेप्सेले दाबी गरेको छ । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)ले सञ्चालनमा ल्याएको अनलाइन कारोबार प्रणालीमा यसअघि नै नेपाल क्यिरिङ हाउस(एनसीएचएल) र थप ४ वटा क्लियरिङ बैंकहरु आवद्ध भइरहँदा स्टक ब्रोकरहरुकै ब्याकअफिस सिस्टम अपग्रेड गर्न नसक्दा र आवश्यक सिस्टम जडान नगर्दा लगानीकर्ताहरु बैंक इण्टीग्र्रेसनबाट बञ्चित भइरहेको नेप्सेका एक अधिकारीले दाबी गरेका हुन् । 

‘ब्रोकरहरुले सिस्टम निर्माणमा लगानी गर्न चाहेका छैनन्।’ ती अधिकारी भन्छन्–‘ब्रोकरहरुको बेवास्ताले बैंक इण्टीग्रेसनमा लगी पूूर्ण अनलाइन बनाउन गाह्रो भइरहेको छ ।’

यसबारेमा ब्रोकरहरुले लगानीकर्ताहरुलाई सचेतना गराउन पहल नगर्नुुसमेत आश्चर्यको विषय भएको ती अधिकारी बताउँछन् ।  

‘यसअघि आइपीओ आवदेनका क्रममा सर्वसाधारण लगानीकर्ताहरुको आवेदन रकममा करोडौं रकम ब्याज आम्दानी गरिरहेका थिए, तर आस्वा र सिआस्वा प्रणाली आइसकेपछि मर्चेण्ट बैंकरहरुले नयाँ सिस्टममा कुुनै व्यवधान खडा गरेनन् तर बैंक इण्टीग्रेसनमा अहिले ब्रोकरले नै मुुख्य भिलेनको भूूमिका खेलिरहेका छन्।’ उनले बिजशालासँग भने–‘समयसँगै बजार सुुधार र विकासमा प्रविधि नअँगाल्नुुमा ब्रोकरहरु अहिले पनि संस्थागत हुुन नसक्नुु नै हो । ब्रोकरहरुको २ करोड रुपैयाँ चुुक्तापूूँजीले समेत ब्रोकरेज सेवामा थप नयाँ फिचर समावेश गर्न कठिनाइ भइरहेको छ।’

यसअघि सार्वजनिक कार्यक्रममा नै नेप्सेका सीइओ चन्द्रसिंह साउदले पनि बैंक इण्टीग्रेसनको पाटो ब्रोकरहरुकै रहेको जिकिर गर्दै आइरहेका छन् । 

नेप्सेले समेत बैंक इण्टीग्रेसनका विषयमा लगानीकर्ताहरुलाई आवश्यक सचेतना र तालिमहरु प्रदान गर्र्न नसक्नुु भूूल भएको जानकारहरु बताउँछन् ।
केही दिनयता सिस्टम भेण्डर कम्पनी वाइको प्रालिले बैंक इण्टीग्रेसनका लागि ब्रोकरहरुलाई आवश्यक तालिम दिइरहेको छ । 

स्टक ब्रोकर्स एसोसिएसनका अध्यक्ष भरत रानाभाटले पनि यो कुरा स्वीकार गरेका छन् । 

बैंक इण्टीग्रेसनका विषयमा अब वाइको प्रालि, नेप्से, ब्रोकर र लगानीकर्ताका नेताहरुलाई चाँडै नै एकैपटक एउटै मञ्चमा राखेर छलफल गराउने योजना रहेको वाइको प्रालिका सीइओ दीपेश प्रधान बताउँछन् । ‘सिस्टममा भएका फिचरहरु बारे पुुनः हामीले सबै सरोकारवाला पक्षलाई केही दिनभित्र जानकारी गराइने कार्यक्रम राखेका छौं।’प्रधानले बिजशालासँग भने ।

अहिले आम लगानीकर्ता र नेपाल धितोपत्र बोर्डको एउटै रटान छ कि सबैं बैंक तथा वित्तीय संस्थासँग बैंक इण्टीग्रेसन हुुनुुपर्ने, तर यसबारे भ्रम नै रहेको पाइएको छ । ‘हाम्रो अध्ययनमा रियल टाइम बैंक इण्टीग्रेसन संसारका कुुनै पनि स्टक एक्सचेञ्जमा हुुँदैन । यस विषय बारे ब्रोकरहरु समेत जानकार भएको पाइयो, तर भइरहेका एनसीएचएल र क्लियरिङ बैंकको प्लेटफर्म प्रयोग गर्न लगानीकर्ताहरुलाई प्रोत्साहन नगर्नुु र आफ्नो ब्याकअफिस सिस्टम संरचनामा अद्यावधिक गर्ने चेष्टा नगर्दा समेत यसले थप गञ्जागोलको अवस्था सिर्जना गरेको देखिन्छ ।’ स्रोत भन्छ–‘यो भ्रमलाई चिर्न नसक्नुु र बजार सरोकारवाला बोर्ड,नेप्से र ब्रोकरले लगानीकर्ताहरुलाई सचेतना नगर्दासमेत असमझदारी भइरहेको देखिन्छ ।’

यता एनसीएचएलका अनुुसार रियल टाइममा लगानीकर्ताहरुले कनेक्ट आइपीएसबाट ५१ बैंक तथा वित्तीय संस्थाबाट ब्रोकरलाई पैसा भुुक्तानी गर्न मिल्छ भने आइपीएसबाट दैनिक ३० करोड रुपैयाँसम्म कारोबार गर्न मिल्छ । ब्रोकरहरुले पनि एनसीएचएलको प्लेटफर्मबाट ६५ बैंक तथा वित्तीय संस्थाबाट लगानीकर्ताका बैंक खातामा बिक्रीबापतको रकम पठाउन सहजै मिल्दछ ।

आगामी साउन १ गतेदेखि रकम भुुक्तानी पूूर्ण अनलाइन गर्ने यसअघि नै निर्देशन आइसकेको सन्दर्भमा नयाँ प्रणालीप्रति सुुुरुवातीताका विरोध र अन्यौल हुुनुु स्वभाविक नै मानिन्छ । तर ब्रोकरहरु भने आफ्नो सामान्य अकाउन्टिङ सफ्टवेयर मण्डला र बोस चलाउने बानी परेका र भोलिका दिनमा ब्रोकर कमिसन घट्ने र बैंकलाई ब्रोकर लाइसेन्स आएको खण्डमा लगानी डुुब्ने भयले समेत आइटीमा लगानी गर्न तत्पर नदेखिएका एक ब्रोकर दाबी गर्छन् ।

भारतीय सेयर बजारमा रहेका ब्रोकरहरु सबै अनलाइनमा आवद्ध छैनन् तर लकडाउनमा समेत उनीहरुले ब्रोकरेज सेवा अनलाइनमार्फत नै दिएको बजार जानकार बताउँछन् । ‘अफलाइन कारोबार गर्नेले धितोपत्र बजारमा ब्रोकरेज सेवा दिन सकेनन् तर अनलाइनमा आवद्ध १२–१३ जना ब्रोकरहरुले भने लकडाउनकै अवधिमा समेत ब्रोकरेज सेवा दिइएकाले त्यहाँ बजार बन्द गर्नुुपर्ने अवस्था आएन ।’ स्रोत भन्छ ।